
खानेपानीका लागि ‘एक घर, एक फिल्टर’
- श्रावण ३, २०८० मा प्रकाशित

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको दुईवटा वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरिएको छ । वडा नं ७ र ८ स्थित पिपलटारका ९३ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं ७ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । ‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ’, उनले भने, ‘त्यसका लागि आवश्यक पहल गरी वाइन टु वाटर नेपालको आर्थिक सहयोगमा स्थानीयवासीलाई निःशुल्क फिल्टर वितरण गरिएको हो ।’
फिल्टर वितरण भएसँगै पिपलटार क्षेत्रका प्रत्येक घरधुरी, विद्यालय र वडा कार्यालयलगायत विभिन्न सङ्घ संस्थामा सुरक्षित खानेपानीको सुनिश्चितता भएको स्थानीय मिलनसार युवा क्बलका अध्यक्ष नवीन श्रेष्ठले बताए । पिपलटार क्षेत्रमा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा आएपछि खानेपानीका लागि पिपलटारमा ‘एक घर, एक फिल्टर’ कार्यक्रम लागू गरी प्रत्येक घरलाई फिल्टर निःशुल्क वितरण गरिएको उनको भनाइ थियो । वडा कार्यालय र क्लबको पहलमा निःशुल्क फिल्टर पाएपछि स्थानीवासी खसी भएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments