
खर्च कटौती गर्न प्रदेश सरकारकाे आठ बुँदे निर्देशन
- माघ २७, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ सरकारले प्रदेश सरकारको सार्वजनिक वित्तमा सन्तुलन कायम गर्न भन्दै खर्च कटौतीका लागि मातहतका कार्यालयहरुलाई आठ बुँदे निर्देशन जारी गरेको छ । संघीय सरकारले यसअघि राष्ट्रिय आर्थिक गतिविधीमा समेत संकुचन आएको हुँदा सरकारी खर्चमा मितव्ययिता कायम गरी सरकारको वित्त सन्तुलन कायम राख्न प्रदेश र स्थानीय तहलाई चालू खर्चमा अनिवार्य दायित्व बाहेक न्यूनतम २० प्रतिशत खर्च कटौती गर्न अनुरोध गरेको थियो ।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्राप्त आन्तरिक राजस्वबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम लक्ष्य बमोजिम प्राप्त हुन नसक्ने अवस्था आएको साथै संघीय सरकारको सञ्चित कोषको अवस्था ऋणात्मक भएको देखिएको कारण संघ सरकारले प्रदेशलाई दिने भनेको अनुदान प्राप्त हुन नसक्ने भएकोले प्रदेशले खर्च कटौती गर्नुपर्ने भएको हो । प्रदेश सञ्चित कोष माथि व्ययभार हुने रकम बाहेक अन्य विनियोजित खर्चमा मितव्ययिता कायम गरी प्रदेश सरकारको सार्वजनिक वित्तमा सन्तुलन कायम राख्न प्रदेश सरकार (मन्त्रीपरिषद्)को मिति माघ २२ को बैठकले खर्च कटौती गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश मातहतका सबै मन्त्रालय, सचिवालय तथा आयोगहरुलाई पत्र लेख्दै विभिन्न ८ बुँदे निर्देशन दिएको छ । जसमा प्रदेश सरकारका सबै मन्त्रालय, निकायको विनियोजित बजेटभित्रका मसलन्द तथा कार्यालय सामान, पत्रपत्रिका, इन्धन, मर्मत सम्भार, छपाई तथा सूचना प्रकाशन, सेवा परामर्श, सूचना प्रणाली तथा सफ्टवेर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, प्रदेश सरकार स्रोततर्फका सबै प्रकारका कर्मचारी तालिम, गोष्ठस्, सेमिनार, कार्यशाला र विविध खर्चमा खर्च भएर बाँकी रहेको मध्ये २५ प्रतिशत कटौती गर्ने, चालू आर्थिक वर्षमा स्वीकृत बजेट तथा कार्यक्रमभित्र परेका तर खरिद प्रक्रिया सुरु नभएका आयोजना तथा कार्यक्रमहरु (क्रमागत र बहुवर्षीय आयोजना तथा कार्यक्रम बाहेक)को आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिमा मात्र खरिद प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमति नलिई कुनै पनि निकायले यस आर्थिक वर्षमा थप आर्थिक दायित्व सिर्जना हुने गरी नयाँ दरबन्दी सिर्जनालगायतका कुनै निर्णय नगर्ने, प्रदेश सरकारबाट निर्णय भए बाहेक कुनै पनि आर्थिक सहायता र कुनै प्रकारको अनुदान प्रदान नगर्ने, कार्यक्रम खर्चमा विनियोजन भएको तर सुरुवात नभएका नगरी नहुने अनिवार्य बाहेककका कार्यक्रम नगर्ने विषय उल्लेख छ ।
मन्त्रीपरिषद्को पहिलो बैठकबाट मन्त्रालयहरुको संख्या कटौती भएको परिप्रेक्ष्यमा थप फर्निचर तथा नयाँ सवारी साधन खरिद नगरी कटौती भएका मन्त्रालयबाट प्राप्त गरी प्रयोग गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने, स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएका बाहेक सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगर्ने तथा प्रदेश सरकारका उल्लेखित निर्णय प्रदेश सरकार मातहतका सबै मन्त्रालय, निकाय, प्रतिष्ठान, बोर्डमा लागू हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विष्णुकुमार थेगुवाले गरेको पत्राचारमा उल्लेख छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments