
कोसीका चार नाकामा भारतीय गाडीलाई सीमामै स्टिकर
- चैत्र २८, २०८१ मा प्रकाशित

इटहरी । कोसी प्रदेश सरकारले विराटनगरको रानीबाट सुरक्षा जाँच स्टिकर शुभारम्भ गरेको छ। कोसी पर्यटन वर्ष २०८२ लाई लक्षित गरी स्टिकर टाँस अभियान सुरु गरेको हो। चारवटा नाकाहरू मध्ये रानी नाकामा शुक्रवार एक कार्यक्रमको आयोजना गरी सुरक्षा जाँच स्टिकर टाँस अभियान सुरु गरिएको हो। कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्टिकर टाँस्ने अभियानको शुभारम्भ गरे।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कोसी प्रदेश प्रहरी कार्यालयको आयोजनमा कोसी प्रदेशमा भित्रने पर्यटक गाडीलाई लक्षित गरी स्टिकर अभियान सञ्चालन गरिएको हो। कोसी सरकारका मुख्यमन्त्री कार्कीले भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी यो सानो अभ्यास गरिएको बताए। प्रहरीले तथा ट्राफिकले दुख दिन्छन् भन्ने सन्देश भारतीय पर्यटकमा परेको विषयमा थोरै भए पनि नेपालमा आउने पर्यटकले दुख नपाउन् भन्नको लागि पनि यो एउटा महत्त्वपूर्ण काम भएको मुख्यमन्त्री कार्कीको भनाइ छ।
‘हामीले केही राम्रो कामको सुरुवात मध्ये प्रारम्भिक कामको थालनी भारतीय पर्यटकको गाडीमा स्टिकर टाँस गर्ने कामको सुरुवात भएको हो’, उनले भने, ‘आज शुभारम्भ भएको छ, वैशाख १ गतेदेखि यसले निरन्तरता पाउने छ।’ पर्यटक माथिको दोहोरो करको बारेमा पनि आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको बताए। भन्सार र आन्तरिक राजश्व विभागले स्टिकर अभियानलाई असहयोग गरेपछि मुख्यमन्त्री कार्कीले आक्रोश व्यक्त गर्दै एउटा व्यक्तिले प्रदेशलाई अप्ठ्यारो अवस्था सिर्जना गराउने प्रयास भएको बताए।
‘गैह्र कानुनी काम कसैले गर्नु हुँदैन, राम्रो काममा सबैले सहयोग गर्नु पर्छ’, मुख्यमन्त्री कार्कीले भने,‘सबैको अधिकार छन्, अधिकार भित्र रहेर काम गर्न अनुरोध गर्दछु,राम्रो काममा कसैले अप्ठ्यारो बनाउँछ भने जनताले त्यस्ता प्रमुखलाई हटाउन पनि सक्छन्।’चार वटा नाकाबाट यो अभियानलाई निरन्तरता दिने कोसी प्रदेश सरकारले जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले आवश्यक सुरक्षा चेकजाँच गरी नेपाल प्रवेश गरेपछि अनावश्यक झन्झट नहुने बताए।
भण्टाबारी, रानी, काँकडभिट्टा र पशुपति नगर नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटक गाडीमा स्टिकर लगाएर नेपाल प्रवेश गर्न दिइने कोसी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीले जानकारी दिए। उनका अनुसार, कोसी प्रदेशका यी चार नाकाबाट दैनिक करिब ५ सय भारती गाडी नेपाल भित्रने गरेको छ।
महानगरपालिकाको छाप्राबाट सरकारले यो काम सुरु गरेकोले अब १ महिना भित्र आफ्नै टहरो बनाएर सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments