
कोशी लगानी सम्मेलन : ४६ वटा परियोजनामा हस्ताक्षर , १ खर्ब ५२ अर्बको प्रतिबद्धता
- बैशाख १९, २०८२ मा प्रकाशित

इटहरी । कोशी प्रदेश लगानी सम्मेलनमा ४६ वटा परियोजनामा हस्ताक्षर भएको छ । ४६ वटा परियोजनामा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको प्रदेश सरकारले जनाएको छ ।
लगानी सम्मेलनमा कोदोको रक्सी बनाउने उद्योगदेखि व्यावसायिक कृषि फार्म, कृषिमा आधारित उद्योगहरू, बेसार प्रशोधन, छुर्पी उत्पादनदेखि कफी उत्पादनसम्म, जैविक मल उत्पादनदेखि एग्रो टुरिजम र पर्यटनतर्फ बर्जुताल पर्यटकीय क्षेत्र विकाससम्मका परियोजनाका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता भएको मुख्यमन्त्री हिकमतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।
लगानी सम्मेलनमा लगानीकर्ता केपी सिटौलाले २२ करोड लगानीमा देउमाई कफी फार्मिङ प्रोजेक्ट सञ्चालन गर्ने सम्झौतामा पहिलो हस्ताक्षर गरेका छन् भने टर्मरिक प्रोडक्सन एन्ड प्रोसेसिङ सेन्टर बराह क्षेत्रका सञ्चालक केशव घिमिरेले १९ करोड रुपैयाँ लगानीमा बेसार उत्पादन तथा प्रशोधन परियोजनामा हस्ताक्षर गरेका छन् ।
गिरिराज बस्नेतले ग्रिनयार्ड एग्रो फार्म सञ्चालन गर्न ४५ करोड, इलामकी कुसुम दाहालले ८० करोड रुपैयाँ लगानीबाट एड्भान्सिङ नेप्लिज टि एन्ड कफी प्रोजेक्ट सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेकी छिन् ।
नेत्रप्रसाद भण्डारीले १८ करोड लगानीमा छुर्पी प्रोजेक्ट, राजन शर्माले २७ करोड लगानीमा साइट्रस ट्रुथ फार्मिङ एन्ड एग्रो टुरिजम, धनकुटामा विष्णु अग्रवालले किबी फार्मिङ एन्ड प्रोसेसिङ इन्डस्ट्रिज, ६४ करोड लगानीमा धनकुटा एभोकाडो फार्मिङ प्रोसेसिङ इण्डष्ट्रिज एन्ड एग्रो टुरिजममा लगानी प्रतिबद्धता सम्झौता गरेकी छिन् ।
विराटनगरका उद्योगी पवनकुमार सारडाले १ अर्ब ६० करोड लगानीमा सुनसरीमा पशुपति इनर्जी प्रोजेक्ट सञ्चालन गर्ने, उदयपुरमा राजेन्द्र श्रेष्ठले ५ अर्ब ६० करोड रुपैयाँ लगानीमा एग्रोभल्टिक सोलार प्रोजेक्ट, संखुवासभा राजन निरौलाले पाँचखपन हाइड्रोपावर कम्पनीबाट १४२ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।
यस्तै प्रेसिडेन्ट एग्रोटेकमा शम्भुबाबु कोइरालाले २० करोड, शिवशक्ति वायोटेक मोरङमा अनन्तराम खतिवडाले २७ करोड, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट मोरङमा उदय बरालले ११६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस लगानी सम्मेलनमा नयाँ परियोजनाको रुपमा कोदोका रक्सी प्रोजेक्टले प्रदेश सरकारसँग लगानी सम्झौता गरेको छ । कोदोको रक्सी उत्पादन गर्न आवश्यक कानुन निर्माण नभएपनि प्रदेश सरकारले भने त्यसलाई ब्रान्डिङ गर्दै उत्पादन गर्नका लागि सम्झौता गरेको छ ।
सोलुखुम्बु तिलिचो पिक फुड एन्ड ड्रिङ्क प्रालिका जनक राईले ४० करोड लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो ।
कोशी प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसमा राखेको थियो । त्यसमध्ये ४६ वटा परियोजनामा लगानी प्रतिबद्धता जुटेको सरकारले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख १९, २०८२कोशी लगानी सम्मेलन : ४६ वटा परियोजनामा हस्ताक्षर , १ खर्ब ५२ अर्बको प्रतिबद्धता
-
ताजा बैशाख १९, २०८२व्यवसायिक वातावरण हुनुपर्यो, भाटभटेनीले थप ६० अर्ब लगानी गर्न सक्छ : मिनबहादुर गुरुङ
-
ताजा बैशाख १९, २०८२विद्यालय शिक्षा र संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गरिने
-
ताजा बैशाख १९, २०८२नीति तथा कार्यक्रमबारे डा. बाबुराम भट्टराईको प्रतिक्रिया : पास मात्र, फर्स्ट डिभिजन आएन ‘सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो’
-
ताजा बैशाख १९, २०८२रेशमलाई पक्राउन पत्र लेख्ने महिमानसिंहलाई चार दिन हिरासतमा राख्न अनुमति
Comments