
कोशी प्रदेश : पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन
- चैत्र १९, २०७९ मा प्रकाशित

इटहरी । कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको पाइएको छ ।झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक सञ्जीव लामा घिसिङले प्रदेशको पोषणको तथ्याङ्क प्रस्तुत गर्दै पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको जानकारी दिए ।
त्यस्तै १३ प्रतिशत बालबालिकामा कम तौलको समस्या र चार प्रतिशत ख्याउटेपनबाट ग्रसित भएको उनले बताए । ‘नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण धेरै छ,’ उनले भने, ‘जसका कारण बालबालिकाको चौतर्फी विकास हुनसकेको छैन ।’ उनले नेपालमा २५ प्रतिशत पुड्कोपन, आठ प्रतिशत ख्याउटेपन र १९ प्रतिशत बालबालिका कम तौलका रहेको बताए।
बालबालिका धेरै कुपोषित भएको र यसलाई निराकरण गर्न पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उनले जोड दिए । कृषि, पशुपक्षी, शिक्षा, खानेपानी, महिला तथा बालबालिकासँग सम्बन्धित क्रियाकलापसँगसँगै पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यका साथ योजना आएको बताउँदै उनले यस कार्यक्रमले बालबालिकासँगै किशोरी तथा महिलाको पोषणको अवस्थामा समेत सुधार ल्याउने बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईँले पोषणको कुरा सामान्य लागे पनि महत्वपूर्ण विषय रहेको बताइन् । ‘कुपोषित बालबालिकाकाको समुचित शारीरिक तथा मानसिक विकास हुन सक्दैन,’ उनले भनिन्, ‘राम्रो समाज निर्माणका लागि राम्रो जनशक्ति आवश्यक हुन्छ, बच्चालाई आमाको गर्भमा हुँदादेखि नै कुपोषित हुनबाट बचाउनु पर्छ ।’
नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक घिसिङ र नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments