
कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डल बने कृषि राजमन्त्री
- श्रावण ३१, २०८० मा प्रकाशित

मोरङ । कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन् । आज (
बुधबार) बिहान मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भए लगत्तै मण्डलले पद तथा गोपनीयताको शपथ लिएका छन् । कोशी प्रदेशसभा सभामुखविहीन भएकाले ज्येष्ठ सदस्य मण्डललाई मुख्यमन्त्रीले राज्यमन्त्री बनाएका हुन् ।
उपसभामुख एमालेकी सिर्जना दनुवारले राजीनामा दिँदा ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने थियो । त्यसैले मुख्यमन्त्री थापाले मण्डललाई सरकारमा सहभागी गराएका हुन् । १६ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापाले भदौ १३ भित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ ।
मुख्यमन्त्री थापाले १ भदौका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका छन् । उपसभामुख दनुवारले राजीनामा दिए बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्य रोहितबहादुर कार्कीबाट गराउने सत्ता गठबन्धनको रणनीति छ ।
८० वर्षीय मण्डल राज्यमन्त्री बनेपछि उनीपछि ज्येष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की छन् । कार्कीपछि पनि एमालेकै प्रदेशसभा सदस्यहरू खड्गबहादुर बस्नेत, रामप्रसाद महतो र मालतीकुमारी लिम्बू छन् । उनीहरू तीनै जना ६८ वर्षका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन् । यस्तै, कांग्रेससँग २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments