
कोशी प्रदेशमा आज सार्वजनिक विदा
- फाल्गुन १८, २०७९ मा प्रकाशित

इटहरी । कोशी प्रदेशले आज (बिहीबार) सार्वजनिक विदा दिएको छ । प्रदेशले बुधबारल नाम पाएको अवसरमा आज (बिहीबार) सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।बुधबार बसेको सभाको बैठकले प्रदेशको ‘कोशी प्रदेश’ नाम बहुमतले पारित गरेको थियो । कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ ।
बुधबार प्रदेश सभामा भएको मतदान प्रकियामा चार जना प्रदेश संसद अनुपस्थित रहे ।नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी भने प्रस्तावको विपक्षमा थिए । कोशी प्रदेशको प्रस्तावमाथि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले ‘किरात लिम्बुवान सगरमाथा’ नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए । तर संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ र राप्रपाका ६ सांसद तथा विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments