
कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया : न्यूरो सर्जरीमा जनशक्ति र उपकरणको अभाव
- चैत्र २०, २०७९ मा प्रकाशित

इटहरी । कोशी अस्पताल विराटनगरमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकालिएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवको नेतृत्वको चिकित्कीय टिमले राजभारको मतिष्कमा दुई हप्तादेखि गाढिएको हड्डी ढेड घण्टा शल्यक्रिया गरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ ।
राजभार खेल्ने क्रममा दुई हप्ता अगाडी टाउकोमा बाँसको भाटाले लागेर गम्भिर चोट लागेको थियो । ठुला बुवा उमेश राजभारले ५ चैतमा कोशी अस्पतालको ओपीडिमा लिएर आए । विपन्न बालकको अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया र उपचार गरेको हो । ‘बाँसले लागेर टाउको हड्डी फुटेर मतिष्क भित्र गाढिएको सिटी स्कायन गरेपछि थाहा भयो । त्यसपछि शल्यक्रिया गरेर गाढिएको हड्डी निकालेका छौं,’ डा. यादवले भने, ‘ अहिले ठिक ठाउँमा आएको छ । विरामीको अवस्था सुधार भइरहेको छ ।’
शल्यक्रिया गरिएको दशदिनपछि विरामीलाई सोमबार डिस्चार्ज दिने तयारी गरिएको उनले बताए । ‘विरामीलाई अहिले खान, बस्न र हिडडुल गर्न सक्ने भएका छन् । शल्यक्रियापछि क्रमिक रुपमा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको हो,’ डा. यादवले भने ।
टाउँको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा.रविनराज सिंहले बताए । ‘यसअघि अस्पतालमा टाउकोको सिस्टहरू निकाल्ने गरिएको थियो । अहिले टोउको खोलेर मतिष्कमा गाढिएको हड्डी निकाल्ने शल्यक्रिया यो कोशी अस्पतालमा पहिलो हो,’ उनले उनले भने, ‘अहिले सफल शल्यक्रिया पनि भएको छ ।’ कोशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको उनले बताए ।
न्यूरो सर्जरीमा जनशक्ति र उपकरणको अभाव
न्यूरो सर्जरी सेवा सुरू भएको कोशी अस्पतालमा प्रयाप्त मात्रामा जनशक्ति र उपकरणहरुको अभाव रहेको चिकित्सकहरुले बताएका छन् । कोशीमा न्यूरो सर्जरीको दरबन्दी एक जना रहेको छ । उक्त दरबन्दी पदपूर्ती भएको छ । न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुदाँ समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरुको आवश्यक रहेको छ । त्यससँगै थप उपकरणहरुको पनि आवश्यक रहेको छ,’ न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवले भने, ‘ तत्काल पोस्टप र माइक्रोस्कप उपकरण भए न्युरो सर्जरीको ठुला– ठूला शल्यक्रिया गर्न सकिने थियो ।’
थप जनशक्ति र प्रयाप्त उपकरणहरु भए ब्रेन ट्युमरको शल्यक्रियादेखि मेरुदण्डसम्मको उपचार गर्न सकिने उनले बताए । न्युरो सर्जरी आइसियूको पनि आवश्यक रहेको उनले बताए । ‘यो जरुरी छ । अप्रेसन गर्नुमात्र ठूलो कुरा होइन् । त्यसपछि हुनुपर्ने कियर ठुलो विषय हो,’ उनले भने, ‘त्यसैले जनशक्तिको आवश्यक रहेको छ ।’
कोशीको ओपीडिमा हप्ताको तीन दिन न्यूरो सर्जरीको सेवाहरु हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडिमा चिकत्सक यादव बस्नेत गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबा र मंगलबार हुने गरेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments