
कोशीमा हिक्मत कार्कीले आज मुख्यमन्त्रीको शपथ लिने, मन्त्रिपरिषद पनि विस्तार गर्ने
- भाद्र २२, २०८० मा प्रकाशित

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको शपथ शुक्रबार साँझ ६ बजे हुने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) बमोजिम सरकार बनाउन परमादेश दिएपछि एमाले संसदीय दलका नेता कार्की दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका हुन् ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी (उपसभामुख बाहेक) ३९ सदस्य एमालेका रहेका छन् । कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएपछि पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि असार १५ गते पदमुक्त भएका थिए ।
कार्कीपछि दुई पटक मुख्यमन्त्री भए पनि कांग्रेसका उद्धव थापा सर्वोच्चको आदेशले पदमुक्त भएका थिए । अब कार्कीले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ । तर, एमाले र उसलाई सहयोग गरिरहेको राप्रपाको सिट मिलाउँदा पनि बहुमत पुग्ने अवस्था छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments