
कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित
- भाद्र ८, २०८० मा प्रकाशित

इटहरी । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ सङ्क्रमित भएका छन् । णणडेङ्गुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।
सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ १५ हजार नौ सय ५२ जना सङ्क्रमित भएका छन् ।
प्रदेशका १४ जिल्लामै डेङ्गु सङ्क्रमण फैलिएको चम्लागाईँले बताउनुभयो । उहाँका अनुसार मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित हुँदा एकको मृत्यु भएको छ भने झापामा एक हजार चार सय २० सङ्क्रमित भएकामा एकको मृत्यु भएको छ ।
तराई, मधेस, पहाड र हिमाली सबै जिल्लामा डेङ्गु फैलिएको चम्लागाईँले बताउनुभयो । “विशेष गरी गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ”, उहाँले भन्नुभयो, “डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् ।” सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालहरूमा डेङ्गुका बिरामीको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
चम्लागाईँका अनुसार साउनदेखि हालसम्ममा तेह्रथुममा एक सय १५, पाँचथरमा ४७, इलाम एक सय ६८, उदयपुर चार सय ४९, धनकुटामा दुई सय ६४, भोजपुरमा एक सय ५४, सङ्खुवासभामा दुई सय ६०, ओखलढुङ्गामा पाँच, ताप्लेजुङमा ३३, खोटाङ र सोलुखम्बुमा पाँच÷पाँच जना डेङ्गुका बिरामी फेला परेका छन् ।
डेङ्गु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेङ्गुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्ने तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । “सामान्य भन्दा निकै तीव्र ज्वरो आउनु, खानाको स्वाद थाहा नहुनु, टाउको दुख्नु, आँखा र नाकबाट रगत बग्नुलगायत लक्षण देखिएका डेङ्गु भएको हुन सक्छ”, उहाँले भन्नुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments