
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको शव व्यवस्थापन गर्ने सैनिकले समेत पाएनन् कोरोना बिमा
- फाल्गुन २, २०७८ मा प्रकाशित
काठमाडौं: कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएको नेपाली सेनाले संक्रमित भएपछि पाउने बिमा रकम नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई गुहारेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सेना संक्रमित हुँदा समेत बिमा रकम पाउन सकेका छैनन् ।
नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखि बिमा बापतको रकम उपलब्ध गराइदिन आग्रह गरेको हो ।
संक्रमित भएका सैनिकले बिमा रकम दाबी गरेको लामो समय बितिसक्दा पनि पाउन सकेका छैनन् । बिमा रकम निकासा नभएपछि सेनाले सहजीकरण गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय गुहारेको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार हालसम्म ५ हजार ८६९ जना सैनिकले कोरोना संक्रमण भएवापत बिमा रकम दाबी गरेका छन् ।
‘बिमाको लागि आवेदन दिनेमध्ये ५ हजार ४६५ जनाको फाइल स्वीकृति भएको छ भने ४०४ जनाको फाइल स्वीकृत हुने क्रममा छ,’ सैनिक प्रवक्ता सिलवालले न्युज कारखानालाई भने ।
बिमा दाबी गर्नेमध्ये हालसम्म ९०१ जना सैनिकले मात्रै बिमा वापतको रकम प्राप्त गरेका छन् । बिमा वापत प्रत्येकलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको छ । अर्थात हालसम्म कोरोना संक्रमण भएकामध्ये ९०१ सैनिकले ९ करोड १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
सैनिक प्रवक्ता सिलवालका अनुसार अझै ४ हजार ५६४ जना सैनिकले कोरोना बिमा वापतको रकम पाएका छैनन् । उनीहरूले पाउनु पर्ने बिमा रकम ४५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
कोरोना महामारी नियन्त्रणमा नेपाली सेनालाई अग्रपंक्तिमा खटाइएको थियो । चीनबाट उद्धार गरी नेपालीलाई स्वदेश फर्काउने, क्वारेन्टिन सञ्चालन गर्ने, क्वारेन्टिन निर्माण गर्ने, कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्मको जिम्मेवारी सेनालाई दिइएको थियो ।
विश्वमा पहिलो पटक कोरोना संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
नेपालमा पहिलो कोरोना संक्रमित ९ माघ २०७६ मा भेटिएका थिए । त्यसयता हालसम्म नेपालमा ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
नेपालमा रहेका संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments