
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकाबाट फैलने बैज्ञानिकहरुको दाबी
- श्रावण ८, २०८० मा प्रकाशित

न्युयोर्क । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयले सार्वजनिक गरेको हो ।
हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयको एक रिपोर्टमा भनिएको छ कि धेरै अमेरिकीहरू प्रायः सोच्छन् कि उनीहरूको देशमा यो हुन सक्दैन तर यस देशका नियमहरू यति कमजोर छन् कि एक भाइरस वा अर्को संक्रामक रोग अमेरिकामा जनावरहरूबाट मानिसमा सजिलै सर्न सक्छ ।
प्रतिवेदन तयार गर्ने टोलीका सदस्य एन लिन्डरले भने कि, त्यहाँ वास्तवमै सुरक्षाको गलत भावना र आनुवंशिक रोग अन्यत्र अवस्थित छ र अमेरिकामा हुन सक्दैन भन्ने निराधार विश्वास छ । हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयका रिपोर्टहरूले पनि जोखिमका धेरै बिन्दुहरूको बारेमा औंल्याएका छन् । पशुको आयात निर्यातको क्रमसँगै यस अवधिमा लाखौं जनावरहरू एकअर्का र तिनीहरूका ह्यान्डलरहरूको सम्पर्कमा आउँछन् । यस कारण जंगली जनावरबाट कुनै पनि संक्रमण सजिलै मानिसमा प्रवेश गर्न सक्छ ।
एन लिन्डरले भने कि प्रत्येक वर्ष लगभग २२ करोड जीवित जंगली तथा घरपालुवा जनावर र अन्य उद्देश्यका लागि अमेरिकामा आयात गरिन्छ। कसैले कुकुर वा बिरालोलाई अरु देशमा ल्याउनुपर्ने हो भने प्रक्रियामा सामेल हुनुपर्छ । तर, एक आयातकर्ताले सजिलो नियमको साथ दक्षिण अमेरिकाबाट १०० जंगली स्तनपायी सजिलै ल्याउन सक्छ । पशु आयात र निर्यातमा सजिलो कानुनका कारण अमेरिकामा कोभिड भन्दा खतरानाक भाइरस उत्पन्न हुने र त्यो तीब्रताका साथ फैलने ती बैज्ञानिकहरुको दाबी छ । एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments