
कोभिडको चौथो डोज आवश्यक पर्न सक्छः एन्टोनी फाउसी
- माघ २७, २०७८ मा प्रकाशित
न्युयोर्क: ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार एन्टोनी फाउसीले कोभिड १९ को भेरियन्ट ओमिक्रोन सामना गर्न अमेरिकामा चौथो डोज खोप आवश्यक पर्ने संकेत गरेका छन् । व्यक्तिको उमेर र उसमा अन्तर्तिहित अवस्थाहरुका आधारमा चौथो बुस्टर डोज दिन सकिने उनको भनाई छ ।
‘मेसेन्जर आरएनए (एमआरएनए) खोप लगाएका व्यक्तिहरुलाई उनीहरुको उमेर र अवस्थाका आधारमा फेरि अर्को बुस्टर डोज आवश्यक पर्न सक्छ,’ फाउसीले भने ।
तेस्रोबाहेक अर्को एउटा खोपको आवश्यकतासम्बन्धी तथ्यांक सञ्चारकर्मीलाई देखाउँदै फाउसीले त्यो एउटा प्रष्ट विषय भएको र त्यसलाई आफूले धेरै नजिकबाट निहालेको बताए ।
यसअघि फाउसीले नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट देखिएपछि विश्वभर पाँच लाख मानिसको मृत्यु भएको बताउँदै यसलाई कोरोनाभाईरस संकटको ‘पूर्ण विकसित महामारीको चरण’ भनेका थिए ।
ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि अमेरिकामा करिब १ लाख जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले मंगलबार जनाएको थियो । यसैबीच अमेरिकामा विभिन्न राज्यमा लागू भएका कोभिड १९ मास्क म्यान्डेटलाई अन्त्य गरिँदैछन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments