
के पुटिन रसायनिक हमलाबारे सोचिरहेका छन् ?
- बैशाख १५, २०७९ मा प्रकाशित
मस्को: युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन … आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौं’, राष्ट्रपति पुटिनले भने ।
उनको पछिल्लो भनाईलाई ब्यालिस्टिक मिसाइल र आणविक हतियारहरूको प्रयोगसँग जोडिएको छ ।
ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको उनले बताए । तर, त्यसबारे पुटिनले विस्तृत रूपमा भने खुलाएनन् ।
यसअघि रुसले आणविक हमला गर्न सक्ने चेतावनी दिएको थियो । युक्रेनका सहयोगीहरूले हतियारको आपूर्ति बढाएका छन् । युक्रेनले रुसी सेनालाई पराजितको सुनिश्चित गर्ने अमेरिकाले वाचा गर्दैै आएको छ । पूर्वी युक्रेनमा आफ्नो प्रयासमा रुसी सेनालाई बाधा अड्चन आएको पश्चिमी अधिकारीहरूले बताएका छन् ।
राजधानी किभबाट फर्किएपछि गत साता रुसले दोसनबास क्षेत्रलाई नियन्त्रण गर्न प्रमुख हमला गरेको थियो । तर, युक्रेनी फौजलाई पराजित गर्न कठिन भइरहेको र त्यहाँ पनि रुसले क्षति सामना गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments