
केराबारी २ सिंहदेवीमा प्रथम हिलेथाम नकआउट फूटबल प्रतियोगिता हुने
- फाल्गुन १७, २०८० मा प्रकाशित

केराबारी । मोरंगको केराबारी २ सिंहदेवीमा अन्तरपालिका स्तरीय प्रथम हिलेथाम नकआउट फुटबल प्रतियोगिता २०८० संञ्चालन हुने भएको छ ।
हिलेथाम पर्यटन तथा खेलकुद विकास समितिको आयोजना तथा केराबारी गाउँपालिकाको सहयोगमा दुव्र्यसन न्युनिकरणमा सहयोग पुर्याउने, हिलेथाम खेलमैदानको विकास र पर्यटनलाई टेवा पुर्याउने लक्ष्यका साथ शिवरात्रीको अवसरमा अन्तरपालिका स्तरीय मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।
आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिता फागुन २५ देखि २८ गतेसम्म संञ्चालन हुने जानकारी गराएको छ । प्रतियोगितामा मोरंगको ३ वटा धनकुटाको २ ओटा पालिका सहित विभिन्न ८ ओटा पालिकाको फुटबल टिमको सहभागिता रहने र प्रतियोगिताका विजेताले ७५ हजार र उपविजेतालाई ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाणपत्र पाउँने समितिका अध्यक्ष विक्रम शाहीले बताएका छन् ।
स्थानीय अग्रज समाजसेवीहरुले कोदालो कुटोले पहाडको ढिस्को फोडेर सुरु गरेपनि सहदेवीलाई चिनाउँने सो खेलमैदान निर्माण सम्पन्न भएको लामो समय सम्म पनि प्रयोगमा नआएको र सो खेलमैदान संगै त्यहाबाट कोशी प्रदेशका विभिन्न जिल्ला संगै, तराईका फाटहरु पहाडका मनोरम अग्ला चुचुरा संगै समरणीय दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटन प्रर्बद्धनमा जोड दिन प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता संञ्चालन गर्न ४ झण्डै ४ लाख रुपैया आम्दानी र खर्च हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रतियोगिताको प्रचार प्रसारको लागि अफिसियल मिडियाको रुपमा केराबारी अनलाइन खबर र जेफाले सृजना डबली युट्युव च्यानल रहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments