
कृषि र साना उद्यममा लक्ष्मी लघुवित्त बेल्डाँडीकाे ८ कराेड कर्जा प्रवाह
- फाल्गुन २७, २०७८ मा प्रकाशित
कञ्चनपुर: लक्ष्मी लघुवित्त वित्तिय संस्था कञ्चनपुरस्थित बेल्डाँडी शाखाले चार वर्षमा ८ कराेड रुपैयाँ कर्जा प्रवाह गरेकाे छ । लघुवित्तले १०६ वटा केन्द्रमार्फत कृषि र साना उद्यममा ८ कराेड ७ लाख ९२ हजार कर्जा लगानी गरेकाे हाे ।
लक्ष्मी लघुवित्त बेल्डाँडी शाखा प्रमुख भरत गिरीका अनुसार संस्थाले केन्द्रमार्फत २ करोड ४४ लाख ८२ हजार ३ सय २५ रुपैयाँ निक्षेप संकलन गरेकाे छ । शाखामा १४ सय ७७ जना सदस्य आवद्ध छन् ।
१० माघ ०७४ मा शाखा स्थापना भएकाे थियाे । त्यसयता विना धिताे कार्यक्रम अन्तर्गत ७ सय २६ जनाले ऋण लिएका हुन् ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था बेल्डाँडीकाे दाेस्राे वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न भएको छ । ३१ नम्बर केन्द्र प्रमुख ईश्वरीदेवी भट्टको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय कार्यालय तथा आन्तरिक लेखा परीक्षण विभागका सहायक प्रबन्धक हरिकृष्ण भट्ट प्रमुख अतिथि थिए ।
सहायक प्रबन्धक भट्टले संस्थाबाट लिएको ऋणको सही ठाउँमा प्रयोग गर्न आग्रह गरे ।
प्रगति विवरण अनुसार १ सय ५६ जनालाई संस्थामार्फत सुत्केरी सुविधा प्रदान गरिएकाे छ । पाँच जनाले बिमा क्षतिपूर्ति प्राप्त गरेका छन् भने तीन जनाले काजकिरियाबाफत रकम भुक्तानी लिएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कनिष्ट सहायक रत्नाकला खत्रीले राखेकी थिइन् भने सञ्चालन सहायक जितेन्द्रप्रसाद जैशीले गरेका थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments