
कृषि कम्पनीमा जोडिए पंकज त्रिपाठी
- फाल्गुन २०, २०७८ मा प्रकाशित
काठमाडौं: बलिउड अभिनेता पंकज त्रिपाठी एक निजी कृषि कम्पनीमा अनुबन्धित भएका छन् । यो कम्पनी कृषि नेटवर्क नामक एग्रीटेक एप चलाउँछ । कम्पनीले पंकजलाई ब्राण्ड एम्बासडरका रुपमा नियुक्त गरेपछि उनले ‘अज्ञात पूँजी’ कम्पनीमा लगानी गरेका छन् ।
कम्पनीले पंकजसँगको सहकार्यले जनतासम्म पुग्न र जमिनको स्तरमा किसानलाई जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । पंकजले आफ्नो पृष्ठभूमि किसान परिवारसँग जोडिएकाले किसानसँग नजिक रहेर काम गर्न पाउँदा खुशी लागेको बताए ।
‘एक किसान परिवारमा जन्मिएर हुर्किनुले मैले अधिकतम जीवन कृषि र त्यससँग जोडिएर बनेका कामसँग परिचित छु । म जहिल्यै जमिनस्तरमा भारतीय किसानहरुको अगाडि आएका समस्याप्रति जानकार छु । सही जानकारीका अभावले किसानमा अनेक समस्या आएकाले उनीहरुलार्य शिक्षित गर्नु मेरो कर्तव्य हो’, उनले भनेका छन् ।
कामको कुरा गर्दा पंकज चाँडै नै आफ्नो लोकप्रिय कमेडी फ्रेञ्चाइजी ‘फुकरे’को तेस्रो संस्करणमा देखिँदैछन् । यसबाहेक उनी ‘क्रिमिनल जस्टिस’को तेस्रो सिरिजमा माधव मिश्राको चरित्रमा देखिँदैछन् । उनी ‘शेरदिल, ‘ओ माई गड २’ र ‘बच्चन पाण्डे’ जस्ता फिल्ममा देखिँदैछन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments