
कुवेतमा गाडीले ठक्कर दिंदा तीन नेपालीको मृत्यु
- चैत्र १, २०८० मा प्रकाशित

साउदी । वैदेशिक रोजगारीको लागि कुवेत पुगेको तीन नेपालीको सडक दुर्घटनामा परी ज्यान गएको छ । १२ मार्च २०२३ मा उनीहरूको सडक दुर्घटनामा परी ज्यान गएको हो ।
मृत्यु हुनेमा सानोभर्याङ्ग, नागार्जुन–२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कडायत र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर छन् । साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो काट्दै गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।
मृतकहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए । घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया हस्पिटल राखिएको छ । नेपाली राजदूतावास अनुसार दुर्घटनाको सूचना पाए लगतै परिवार तथा कम्पनिसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments