
किरात प्रदेश माग्दै खोटाङमा पनि प्रदर्शन
- श्रावण ९, २०७९ मा प्रकाशित
खोटाङ । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात राख्न माग गर्दै प्रदर्शन गरेको छ ।प्रदेश १ को नामाङ्कन पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा प्रदर्शन गरेको हो ।
प्रदेश १ को नामकरण किरात गर्नुपर्ने पक्षमा जनदबाब सिर्जनाका लागि र्यालीले दिक्तेल बजार परिक्रमा गर्नुका साथै ठाउँ–ठाउँमा कोणसभा गरेको थियो । पुरानो बेस क्याम्पमा भएको कोणसभालाई किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार राई, हाटडाँडामा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा, त्रिवेणीचोकमा भएको कोणसभालाई डा.केके राई, भवनगैरामा भएको कोणसभालाई सांस्कृतिक अभियान्ता पर्खनबहादुर राई र यायोक्खाका अध्यक्ष हात्तीराम राईले ‘किरात’ सभ्यता भएकाले सोही आधारमा प्रदेशको नामकरण गर्दा सर्वस्वीकार्य हुने धारणा राखेका छन् ।
किरात राई यायोक्खाको केन्द्रीय कार्यक्रम अनुसार प्रदेश १ को किरात प्रदेश नामांकन गराउन निर्णायक आन्दोलन र दबाबमुलक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईले बताए । यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नामकरण किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ ।
प्रदेश सरकारको पहिलो अवधि समापन हुनैलाग्दा नामांकनको विषयले पुनः तीव्र चर्चा पाएको हो । २३ वैशाख २०७६ मा प्रदेश १ को राजधानी विराटनगर तोकिएपनि नामकरण हुन सकेको छैन ।एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषयमा दलहरुबीच सहमति जुटेको छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments