
किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउँछौँ : परराष्ट्रमन्त्री साउद
- भाद्र २०, २०८० मा प्रकाशित

संखुवासभा । पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताएका छन् । आज संखुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताएका हुन् ।
Sujanbajracharya Khandabari RSS 20 20230906150026 MG 0573
किमाथाङ्का नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने पराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्का नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उनको भनाइ छ । यही सेप्टेम्बर २३ मा हुने प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणमा किमाथाङ्का नाका खुलाउने विषयलाई पनि ‘एजेण्डा’ मा राखिएको मन्त्री साउदले बताए ।
ऐतिहासिक किमाथाङ्का नाकाबाट पूर्वको व्यापार व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्कामा सडक तथा ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीन सरकार सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताए ।
किमाथाङ्का नाका खुलाउन चीन सरकारसँग पहल गरिदिन सङ्खुवासभाका जनप्रतिनिधि र सरोकारवाला निकायले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदलाई पनि यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । यसअघि प्रचलनमा नै रहेको यो नाका कोरोना महामारी आएसँगै चीन सरकारले बन्द गरेको हो । नाका बन्द हुँदा भोटखोलामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सङ्कट भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments