
किभबाट १३७७ भारतीयको उद्दार, अझै १६ हजार विद्यार्थी युक्रेनका अन्य सहरमा अलपत्र
- फाल्गुन १८, २०७८ मा प्रकाशित
नयाँ दिल्ली: युद्धग्रस्त युक्रेनबाट भारतले पछिल्लो २४ घन्टामा आफ्ना १३७७ नागरिकहरुको उद्दार गरेको छ । विदेशमन्त्री एस जयशंकरले बुधबार सो जानाकारी दिएका हुन् । ‘पोल्याण्डबाट पहिलो उडानसहित पछिल्लो २४ घण्टामा भारतका लागि ६ उडानहरू प्रस्थान गरेका छन् । युक्रेनबाट थप १३७७ भारतीय नागरिकलाई फिर्ता ल्याइएको छ,’ जयशंकरले एउटा ट्विटमा भनेका छन् ।
युक्रेनमा रहेका नागरिकहरूलाई बाहिर निकाल्न सुरु गरिएको अपरेशन गंगाअन्तर्गत भारतले आगामी तीन दिनमा २६ वटाभन्दा बढी उडानहरू सञ्चालन गर्नेछ । युक्रेनको हवाई क्षेत्र बन्द भएपछि रोमानिया, हंगेरी, पोल्याण्ड र स्लोभाक गणतन्त्रका विमानस्थलहरु भारतीयहरूलाई उडान भर्न प्रयोग भइरहेका छन् ।
विदेश सचिव हर्षवर्धन श्रृङ्लाले युक्रेनको राजधानी किभमा कुनै पनि भारतीय बाँकी नरहेको बताएका छन् । रूसले धेरै शहरहरूमा सर्वसाधारणको बसोबास गर्ने क्षेत्रहरूमा आक्रमण सुरु गरेको छ । राजधानी किभका बासिन्दाहरूलाई आफ्ना घर छोड्न आग्रह गरेको छ ।
रुसी सेनाका बख्तरबन्दका ठूला लाम राजधानी किभतर्फ बढेसँगै राजधानी किभ छोड्ने मानिसहरुको संख्या बढेको छ । अमेरिकास्थित स्पेस टेक्नोलोजि कम्पनीले सार्वजनिक गरेका तस्विरहरुमा सयौं ट्यांक, तोप, बख्तरबन्द, र सैन्य हतियार बोकेका सेनाका गाडी राजधानीतर्फ बढिरहेका देखिन्छन् ।
१६ हजार विद्यार्थी अझै अलपत्र
करिव १६ हजार भारतीय विद्यार्थी अझै पनि युक्रेनमा बिचल्लीमा छन् । रुसी फौजले युक्रेनमाथि हमला सुरु गरेपछि अलपत्र परेका विद्यार्थीले सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमहरुबाट सहयोगको याचना गरिरहेका बताइन्छ ।
सोमबार रुसी सेनााले गरेको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो । मंगलबार मात्र सरकारले सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छोड्न अनुरोध गरेको थियो । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments