•  ९ चैत्र २०८१
  •  6:23:15 PM

किन्नै नसक्ने गरि बढदैछ सुनकाे भाउ : याे साता कतिले बढयाे बजार भाउ ?

- असार ४, २०७९ मा प्रकाशित



इटहरी । यो साता सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा सुनको कारोबार मूल्य १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार गत साताको शुक्रबार ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा भारी वृद्धि देखिएको थियो । उक्त दिन प्रतितोला १५ सय रुपैयाँले बढेको थियो । यस्तै, सोमबार ३०० रुपैयाँले घटेको थियो भने मंगलबार तोलामा १८ सय रुपैयाँले घटेको थियो ।


यसैगरी, बुधबार ६०० रुपैयाँले घटेको थियो भने बिहीबार भने तोलामा ८०० रुपैयाँले बढेको थियो । यसैगरी, शुक्रबार तोलामा ५०० रुपैयाँ बढेर कारोबार मूल्य ९७ हजार ८०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघका अनुसार गत साताको शुक्रबार तोलामा १२ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

Comments

सम्बन्धित खवर