
काेशी प्रदेशका सात जिल्ला बाढीपहिरोको उच्च जोखिममा
- असार २, २०८० मा प्रकाशित

इटहरी । कोशी प्रदेश सरकारले प्रदेश अन्तर्गतका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएको छ।प्रदेश सरकारले यसवर्ष बाढीपहिरोबाट ६८ हजार नौ सय ११ घरधुरीका तीन लाख एक हजार एक सय ४३ जनसङ्ख्या प्रभावित हुने समेत अनुमान गरेको छ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० अनुसार कोशी प्रदेशमा झापा, मोरङ, सुनसरी, उदयपुर बाढी र खोलुखुम्बू, ताप्लेजुङ र तेह्रथुम पहिरोको उच्च जोखिममा रहेको देखिएको प्रदेश विपद् व्यवस्थापन परिषद्को भनाइ छ।
जल तथा मौसम विभागले यसवर्ष कम वर्षा हुने पक्षेपण गरे पनि मनसुन विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सुरक्षा निकाय, सहयोगी निकायसँगको छलफल, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीको तयारी भइरहेको परिषद्ले जनाएको छ।
कोशी प्रदेशमा १० वर्षमा तीन सय ७७ वटा बाढीको घटनामा एक सय २४ जनाको मृत्यु भएको छ। विगत २०६९ सालदेखि २०७९ सम्ममा २१ जना घाइते र ६६ जना बेपत्ता भएको विपद् पोर्टलमा उल्लेख छ।
झापाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments