
काेशी नामाङकरण खारेजीकाे माग राख्दै फाेनिजद्वारा बेलबारी र पथरीमा बिराेध प्रदर्शन
- फाल्गुन २१, २०७९ मा प्रकाशित

इटहरी । कोशी प्रदेश नाम राखिएको प्रति विरोध गर्दै आज मोरङको पथरी र बेलबारीमा प्रदर्शन भएको छ ।बेलबारीमा नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) मोरङ र पथरीशनिश्चरेमा आदिबासी जनजाति नगर समन्वय समितिले छुट्टछुट्टै विरोध प्रदर्शन गरेका हुन् । बक्ताहरुले कोशी प्रदेश नामको पक्षमा भोट लगाएर पद र प्रतिष्ठाको लोभमा आफ्नै बाउको गुप्ताङ छेदन सरह काम गरेका बताएका छन् ।
कोशी खारिज गरेर प्रदेशको नाम किरात लिम्बुवान कोचिला राख्नुपर्ने तर्क प्रस्तुत गर्दै कार्यक्रमको प्रमुख अतिथि कमन देवान, प्रदेश समितिको निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, प्रदेश ईन्चार्ज भक्तशेर लिम्बू, केन्द्रीय सदस्यद्वय देवेन्द्र खापुङ, सुजता लिम्बू, प्रदेश कोषाध्यक्ष प्रेम देवान लगायतले विचार व्यक्त गर्नु भएको थियो ।
फोनिज जिल्ला अध्यक्ष दिवेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रम सचिव अनिल श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । बक्ताहरुले कार्यक्रममा जनताले जिताएर पठाएका प्रतिनिधिहरुले प्रदेशको नाममा समान्य विवेक प्रयोग नगर्नु दुःख लाग्दो बिषय भएको बताउनु भएको थियो ।
आजै पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा विरोध प्रदर्शन भएको छ । संगठनको नगर अध्यक्ष देवेन्द्र वनेमको नेतृत्वमा कोशी प्रदेश खारिज गर, किरात लिम्बुवान प्रदेश घोषणा गर लगायतको प्लेकार्ड बोकेर नारा जुलुस गरेका थिए । कार्यक्रममा नगर सचिव निता कुलुङ राई, राजेन्द्र गुरुङ, टुंगकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । बेलबारीमा मुख्य सडकमा र पथरीको रत्न चोकमा विरोध प्रदर्शन भएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments