
काेशीका मुख्यमन्त्री कार्की भन्छन – अध्यादेशको विरोध गर्नुको औचित्य छैन
- माघ १२, २०८१ मा प्रकाशित

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनानुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका छन् । आज (शनिबार) विराटनगरमा प्रेस चौतारी मोरङको नवौँ अधिवेशन उद्घाटन गर्दै उनले सदन नचलेका बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको उल्लेख गरे।
उनले संघ र प्रदेश सरकारले राम्रो काम गर्दागर्दै पनि केही मिडिया र सामाजिक सञ्जालमा विरोध गर्ने प्रवृत्ति बढेको गुनासो गरे । वर्तमान सत्ता गठबन्धन संविधान संशोधन, आर्थिक सुधार र सुशासन प्रत्याभूतिका निम्ति भएको उनले जिकिर गरे । नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहमति मन नपराउने तत्त्वले मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरेको उनले टिप्पणी गरे ।
आमसञ्चार प्रतिष्ठानसम्बन्धी विधेयक प्रदेशसभाको चालु अधिवेशनबाटै पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए । कार्यक्रममा मुख्यमन्त्री कार्कीले पत्रकार महेन्द्र विष्टलाई शालिग्राम मन्जुदेवी दाहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे । प्रेस चौतारी मोरङले स्थापना गरेको यो पुरस्कारको राशि २१ हजार रुपैयाँ छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २४, २०८२कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
-
ताजा बैशाख २४, २०८२भारतको पाँच वटा फाइटर जेट खसालेको पाकिस्तानको दाबी
-
ताजा बैशाख २४, २०८२पाकिस्तानमा भारतको हवाइ आक्रमणपछि अहिलेसम्म के–के भयो ?
-
ताजा बैशाख २४, २०८२पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन
-
ताजा बैशाख २४, २०८२धितोपत्र बोर्डले जलविद्युत आयोजनाहरुसँग कमिसन मागिरहेको माओवादीको आरोप
Comments