
काेदाेकाे रक्सीलाइ प्रवद्र्धन गर्न सुनसरीमा बन्याे समिति : १४ जिल्लामा समिति गठन गरिने
- असार २९, २०७९ मा प्रकाशित
इटहरी । कोदोको रक्सीलाई प्रवद्र्धन गर्ने उदेश्यले सुनसरीमा कोदोको रक्सी प्रवद्र्धन समिति गठन भएको छ ।रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरा सम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र ऐन संशोधन गर्न राजनीतिक दललाई दवाव दिन समिति गठन गरिएको हो । समिति प्रदेशका १४ वटै जिल्लामा विस्तार गरि दवाव सिर्जना गर्ने समितिले जनाएको छ । ऐन संशोधन नहुँदा घरेलु मदिरा बनाउनेहरूले उत्पादन गरेको रक्सी पोखाउने गरिएको छ ।
प्रदेश सरकारले कोदोबाट बनेको घरेलु रक्सी उत्पादन गरी ब्रान्डिङ गर्ने नीति लिएकाले यसका लागि ऐन संशोधन हुनु पर्ने समितिले जनाएको छ । समितिका संयोजकमा नगेन्द्र पारघरिलाई तोकिएको छ । १३ सदस्यीय जिल्ला समितिमा निमा पोङ्स्युवा, रिता खापुङ, लिला राई, सानु लुहागुन, सुमित्रा राई, निर्मला राई, कमला सुब्बा, हेमराज जिमी, विश्वास मगर, बिना पुमा राई, ऐसा सुनुवार, लक्ष्मी राई रहेका छन् ।
त्यसैगरी सात जना सल्लाहकार समिति पनि गठन भएको छ। सल्लाहकार समितिमा हर्ष सुब्बा, डांकमल तिगेला, नरप्रसाद लुङ्फुङ्बा, बिपिन इवारम, भक्तराज रसाईली, तेन्जिङ शेर्पा, ताजुप लिम्बु रहेका छन् ।प्रदेश १ सरकारले परम्परागत घरेलु कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिएपछि यसको प्रवद्र्धन गर्न जनस्तरबाट नै दवाब दिने उद्देश्यले प्रदेश १ मा रहेका १४ जिल्लामा समिति गठन गरिने सुनसरी जिल्ला संयोजक टेकबहादुर खजुमले जानकारी दिए ।
संयोजक खजुमले हालसम्म झापा मोरङ र सुनसरी जिल्ला समिति गठन भएको र साउनको दोस्रो हप्तासम्म १४ वटा जिल्ला मै समिति गठन गरिसक्ने बताए ।तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको रक्सीको ब्रान्डिङ गरी आय आर्जनसँग जोड्ने योजना ल्याएकी थिइन् ।सो योजनालाई राजेन्द्र राई नेतृत्वको सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments