
काभा महिला भलिबल : उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै
- श्रावण २३, २०८१ मा प्रकाशित

काठमाडौं । नेपालले काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताको उपाधिका लागि आज (बुधबार) भारतसँग भिड्दै छ । फाइनल खेल बुधबार साँझ ५ बजे र इरान र श्रीलंकाबीच तेस्रो स्थानका लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
नेपालले मंगलबार दोस्रो सेमिफाइनलमा इरानमाथि ३–० को सोझो सेटको जित निकाली भारतविरुद्धको फाइनल पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई सहजै हराएको थियो । नेपाल लिग चरणमा दोस्रो र इरान तेस्रो हुँदै एक–आपसमा सेमिफाइनलमा भिडेका हुन् ।
पछिल्लो संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करण नेपालले जितेको थियो । नेपालको उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा भारत बाधक बनेको थियो । घरेलु कोर्टमा नेपाली महिला खेलाडीले फाइनलमा भारतलाई कडा चुनौती दिने योजना बनाएका छन् । यद्यपि, लिग चरणमा नेपालले दक्षिण एसियन जाइन्ट भारतलाई सनसनी रूपमा पाँच सेटमा हराएको थियो । इतिहासमै पहिलो पटक नेपालले भारतलाई स्तब्ध पारेको त्यही नै थियो ।
नेपालले लिगमा चौथो जित निकाली फाइनल यात्रा तय गरेको हो । तेस्रो पटक उपाधि उचाल्न नेपाल एक जित टाढा रहेको छ । इरानसँग लिग चरणमा भोगेको हारको बदला लिँदा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । नेपालले अन्तिम सेट २५–२० ले बाजी मार्यो । नेपालले दोस्रो र तेस्रो सेटमा इरानको युवा टोलीबाट कडा चुनौती पाएको थियो । यी दुवै सेटको एक समयमा इरानले उपाधि दाबेदार नेपालमाथि अग्रता बनाएको थियो । नेपालले संयमित हुँदै खेलमा नियन्त्रण राख्दा इरानी खेलाडी हाबी हुन पाएनन् ।
भारतसँगको भेट नेपाली टोलीका लागि पाँच वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिने अवसर समेत हो । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए । त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । त्यसको पाँच वर्षपछि अर्थात आज नेपाली टोलीमाथि त्यो हारको बदला लिने उत्कृष्ट अवसर आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments