
कानेपोखरी गाउपालीकाद्वारा १४ घरपरिवार भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
- माघ ३, २०७९ मा प्रकाशित
इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाले १४ घरपरिवार भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ।गाउँपालिकाले सोमबार वडा नं. ६ बिहीबारेका १४ घरपरिवारलाई जग्गा धनीपुर्जा वितरण गरेको हो। उनीहरूलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, वडाध्यक्षहरू चरण गुरुङ, मोहनप्रसाद अधिकारी र खड्ग बस्नेतले पुर्जा वितरण गरेका थिए ।
भूमिहीन सुकुम्बासीमा अजम्बरी टोलका धनबहादुर राई, भक्तबहादुर राई, शारदा राई, पूर्णिमा थेगिम लिम्बू, बिहीबारेका फूलमाया घिसिङ तामाङ, टीकामाय मगर, कल्पना राई, पाँचथरे टोलका दीपेन्द्र थेगिम लिम्बू र देउरालीका तिलकबहादुर रानामगरले जग्गा धनीपुर्जा पाएका छन् ।
त्यसैगरी, भूमिहीन दलितमा अजम्बरी टोलका मनिता विश्वकर्मा र बिहीबारेका अस्मिता सुन्दास, होमा दर्जी, मिठ्ठी दर्जी र चेलीमाया दर्जीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । उनीहरू सबैले ३ कठ्ठा ५ दशमलव ७६ धुर पाएका छन् । यसअघि कानेपोखरी गाउँपालिकाले वडा नं. ६ बिहीबारेका ६२ घरपरिवार भूमिहीन, सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा धनीपुर्जा वितरण गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments