
काठमाडाैंमा ट्राफिक प्रहरीकाे एक पछि अर्काे एक्सन : मापसे गरेर स्कुल बस चलाउने थप ५ जना चालकमाथी कारबाही
- भाद्र १९, २०७९ मा प्रकाशित
काठमाडाैं । स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आइबार मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।
मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौँको कलंकी स्थित एल.आर. आई स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाट स्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्बरको अर्को बसका चालक कृष्ण बहादुर सुनार, तीनकुने स्थित कौटिल्या स्कुलको प्रदेश ३–०१–०३३ च ९९७ नम्बरको बसका चालक गणेश भण्डारी र चोभार स्थित मोर्डन ईन्डियन स्कुलको बा ३ क ४६ १६ नम्बरको बसका चालक घना दोर्जे लामा रहेका छन् ।
मापसे गरेर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विधार्थीहरुलाई गन्तव्यमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले साउन ३० गतेबाट सुरु गरेको स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियान अन्तरगत मापसे गरी सवारी साधन चलाउँदै गरेका ३१ जना स्कुल बसका चालकलाई हाल सम्म कारबाही गरिसकेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments