•  ९ चैत्र २०८१
  •  7:29:30 AM

कांग्रेस सांसद राई पक्राउ परेको जानकारी प्रहरीले संसद सचिवालयमा गरायो

- बैशाख १४, २०८२ मा प्रकाशित



इटहरी ।नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा जानकारी गराएको हो ।

‘उपरोक्त सम्बन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिवादी स्वर्ण लक्ष्मी बहु उद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष एवम सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र संगठित अपराध सम्बन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा वैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितवाट पक्राउ गरी यसका कार्यालयमा दाखिल हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ ।

सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।

Comments

सम्बन्धित खवर