
कांग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह
- फाल्गुन ३०, २०७८ मा प्रकाशित
सर्लाही: नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरीणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएकाे हाे ।
सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए । रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।
उपसभापतिमा भने संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए । उपसभापतिमै संस्थापनबाट डा. सरोज कुमार (राजु) १ हजार ७६४ मतसहित विजयी भएका छन् ।
सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए ।
सहसचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन् ।
कांग्रेस अधिवेसनका जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाई ज्ञापन गरे ।
सदस्यको मतगणना भने होलीपछि हुने छ । यद्यपि निर्णय भइसकेकाे छैन । यस विषयमा सोमबार दुवैपक्षसँग छलफल हुने निर्वाचन अधिकृत सिंहले बताए । कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत गत शनिबार मतदान भएको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments