•  ९ चैत्र २०८१
  •  2:21:35 PM

कांग्रेस संसदीय दलको बैठक जारी : सांसदहरूलाई प्रशिक्षण दिइने

- माघ १८, २०८१ मा प्रकाशित



 इटहरी । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक चलिरहेको छ । शुक्रबार (आज) बिहान संसद् भवनस्थित ल्होत्से हलमा बैठक जारी छ । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसद्मा कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदहरूलाई प्रशिक्षण दिइनेछ ।

आजबाट संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउने बारेमा पनि प्रशिक्षण दिइनेछ । तीन जना बाहेक कांग्रेसका सबै सांसद सरकारले ल्याएको अध्यादेशको विपक्षमा रहेपछि उनीहरूलाई विरोधमा नबोल्न आग्रह गर्न संसदीय दलको बैठक बोलाइएको छ ।

प्रतिमा गौतम, कुशुम थापा र वीरबहादुर बलायर बाहेकका कांग्रेस सांसद् अध्यादेशको विपक्षमा छन् । सत्तारुढ दलकै सांसद अध्यादेशको विपक्षमा रहेपछि शीर्ष नेतृत्व उनीहरूलाई मौन रहन आग्रह गर्दै आएको छ । संसद् बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने छन् ।

Comments

सम्बन्धित खवर