
कांग्रेस लुम्बिनी सभापतिको प्रश्न : एमालेले भोट दिने भन्यो भने नदिनु भन्नु ?
- चैत्र १८, २०७८ मा प्रकाशित
काठमाडौं: पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल नगर्नेगरी निर्णय गरेको भोलिपल्ट कांग्रेसका लुम्बिनी सभापतिले गठबन्धनको निर्णयप्रति फेरि गम्भीर प्रश्न उठाएका छन् ।
प्रदेश सभापति अमर पुनले व्यवहारिकता, आवश्यकता र वस्तुस्थितिको राम्रो विश्लेषण नगरिए विद्रोह पनि हुने चेतावनी दिए ।
पुनले भनेका छन्, ‘पाँच हजार मत भएको कांग्रेसले टिकट नपाउने र एक हजार मत हुने अन्य पार्टीले पाए के हुन्छ ? विद्रोह हुँदैन ? मैले नगरे पनि स्थानीय तहका साथीहरूले गर्दैनन् भन्न सकिन्छ ?’
कांग्रेस नेतृत्वको गठबन्धनले मुख्य प्रतिस्पर्धा गर्ने दल भनेको नेकपा एमाले हो । गठबन्धनका अन्य दल सशंकित हुनेगरी सभापति पुनले एमालेले कांग्रेसलाई भोट दिने भन्यो भने नदिनु नभनिने बताए । ‘भोलि गठबन्धनको केन्द्रले स्थानीय तहको आवश्यकता बुझेन र एमालेले सघाउने भन्दै मत दिने भन्यो भने त नदिनु भन्न सकिन्छ ? त्यस्तो सकिँदैन’, न्युज कारखानासँग पुनले भने । तर, गठबन्धनको केन्द्रले गरेको निर्णयलाई स्वीकारिने बताए । उनले आवश्यकता र औचित्यको आधारमा तालमेलको निर्णय गर्नेगरी टुंगोमा पुग्न गठबन्धनको केन्द्रीय नेताहरूलाई आग्रह पनि गरे । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments