
कांग्रेस प्रदेश समितिले २१ चैतपछि निर्वाचन परिचालन समिति गठन थाल्ने
- चैत्र १८, २०७८ मा प्रकाशित
काठमाडौं: नेपाली कांग्रेसका प्रदेश समितिहरूले स्थानीय तह निर्वाचन परिचालन समिति गठन प्रक्रिया थाल्ने भएका छन् ।
पार्टी केन्द्रीय उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्का नेतृत्वको समितिले बिहीबार गरेको निर्णयअनुसार प्रदेश समितिहरूले प्रदेशस्तरमा समिति गठन प्रक्रिया थाल्न भएका हुन् ।
प्रदेश १ का सभापति उद्धव थापाले २१ चैतमा प्रदेश समितिको बैठक विराटनगरमा बोलाइएको जानकारी दिए । बैठकपछि समिति गठन गरिने उनले बताए ।
उनका अनुसार त्यसपछि भने प्रदेशस्तरीय पाँच दलीय संयन्त्र बनाइनेछ ।
सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि २१ चैतपछि प्रदेश समिति बैठक बस्ने बताए । बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठनसँगै पाँच दलीय संयन्त्र गठनबारे पनि छलफल गर्नेछ ।
लुम्बिनी प्रदेशमा भने समिति गठनमा ढिलाइ हुने सभापति अमर पुनले बताए । मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पनि छिट्टै समिति गठन गर्ने भएका छन् ।
समितिले कांग्रेस सम्मिलित पाँच दलीय गठबन्धनलाई विजयी बनाउन निर्वाचनसम्बन्धी गतिविधि गर्नेछ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments