
कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति
- चैत्र २२, २०७८ मा प्रकाशित
खोटाङ: नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत प्रदेश समितिका सबै पदाधिकारी, प्रदेश कार्य सम्पादन समितिका सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहेको समिति गठन गरिएको प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए ।
प्रदेश समितिका सबै पदाधिकारी रहने प्रदेश कार्यसम्पादन समिति गठन गरिएको छ । सदस्यमा गुरुराज घिमिरे, कैलाश आले, सान्नीमायाँ तामाङ, रेजिना भट्टराई, सेबित्रा आङदेम्वे, मदन संग्रौला, केशरबहादुर बस्नेत, राजकुमार बराइली, विमला राई, नन्दकुमार नेम्वाङ, सञ्जय भट्टराई, कुमार लुइटेल, विमल आचार्य, मिरा खड्का, राजेन्द्र घले, लोकेन्द्र राई, शेखरचन्द्र थापा, रामकुमार थापा, लक्ष्मीकुमार चौधरी, कृति चौधरी, सोमनारायण सोवदार र किरण भट्टराईलाई मनोनित गरिएको छ ।
कांग्रेस प्रदेश समितिले स्थानीय तहको ‘टिकट वितरण समिति’ गठन गरेको छ । प्रदेश १ भित्रका नगरपालिका, उपमहानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखको टिकट वितरणका लागि ‘टिकट वितरण समिति’ गठन गरेको हो । प्रदेश समितिका सबै पदाधिकारी रहने समितिमा नौ जना सदस्य मनोनयन गरिएको छ । समितिमा गुरुराज घिमिरे, केशरचन्द्र थापा, मदन संग्रौला, सिजन गुरुङ, लोकेन्द्र राई, विमला राई, उत्तमबहादुर चम्लागाई, जितेन्द्रसिं ठकुरी र रेजिना भट्टराईलाई मनोनयन गरिएको कांग्रेसले जनाएको छ । सो समितिले प्रदेश १ का ४६ नगरपालिका, दुई उपमहानगरपालिका र १४ जिल्ला समन्वय समितिको उम्मेद्वारको टिकट टुंग्याउने महामन्त्री राईले बताए ।
बैठकले सहमहामन्त्री विनोद बस्नेतको नेतृत्वमा ५ सदस्यीय अनुशासन समिति गठन गरेको छ । यस्तै, १४ वटा विभाग गठन गरिएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments