
कांग्रेसभित्रकाे बिद्राेह र स्वतन्त्रकाे घण्टीले भगबतीलाइ पुर्यायाे सिंहदरबार : कार्यकर्तालाइ नगन्दा गच्छदारकाे लज्जास्पद हार
- मंसिर १३, २०७९ मा प्रकाशित
इटहरी । २०७० र ७४ सालमा कांग्रेसका प्रभावशाली नेता बिजयकुमार गच्छदारसंग २ पटक नमिठो पराजय भोगेकी एमाले केन्द्रीय सदस्य भगबती चौधरी यो पटकको निर्वाचनबाट प्रतिनिधीसभा सदस्यमा बिजयी बनेकी छिन । कांग्रसका गच्छदारलाइ ५,१८८ को फराकिलो मतान्तरले पराजित गर्दै उनले दुइ पटक हारेको बदला यो निर्वाचनबाट लिएकि छिन ।
चौधरीले ४० हजार ७ सय ८८ मत पाउदा निकटम प्रतिद्वन्दी कांग्रेस नेता गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरे । चौधरीलाइ निर्वाचनमा जित निकाल्न मुख्य सहयोगको भुमिका भने रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टिको चुनाब चिन्ह घण्टीले खेलेको देखिएको छ ।
सुनसरी ३ मा असन्तुस्ट कांग्रेसका कार्यकताहरूले गच्छदारलाइ खसाल्ने भोट सिधै घण्टीमा खसालेका छन । स्वतन्त्रका उम्मेद्वार कमलबाबु मैनालीले ६ हजार बढी मत पाएर तेश्रो स्थानमा चित्त बुझाएका छन । स्वतन्त्रले पाएको यो मत अप्रत्यासित छ । मतगणनाको सुरूवाती देखिनै स्वतन्त्रले लिड गर्नु अर्थात स्थानिय निर्वाचनमा कांग्रेसले जितेको वडा इटहरी १ मा पनि घण्टीले भोट पाएको प्रस्ट छ ।
त्यस्तै वडा नं ९ मा पनि कांग्रेसमा खनिने भोट राप्रपाको हलो र घण्टीमा खनीएको छ जहा कांग्रेसकै सबैभन्दा बढी कृियाशिल सदस्यहरू रहेका छन । घण्टीले पाएको मत र बदरभएको मतलाइ जोडने हो भने १३ हजार पुग्छ जुन कांग्रेसको आधी मत छ । अघिल्लो निर्वाचनमा कांग्रेसका गच्छदारले ३८ हजार ९७२ मत ल्याएर प्रतिद्वन्दी उनै चौधरीलाइ हराएका थिए ।
तर यो पटक ५ वटा दलको गठबन्धन हुदा पनि उनले ३६ हजार मत ल्याउन सकेनन । अघिल्लो निर्वाचनमा इटहरीबाट लिड गर्दै पुनःदुहबीमा पुगेर खुम्चिएकि चौधरीले यो पटक मतगणनाको प्रारम्भिक चरणबाटै लिड गरिन र अन्त्यमा फराकिलो मतान्तर सहित बिजयी बनिन । यो क्षेत्रमा नेपाली कांग्रेसको मात्रै ३४ हजार २ सय मतदाता रहेका छन । त्यस्तै एमालेको ३५ हजार १५३ रहेका छन । जसमा ५ हजार २२ जसपाका छन । बाम गठबन्धन सहितको मत मिसाउदा सुनसरी ३ मा ३५ हजार बढी हुन्छ ।
यो निर्वाचनमा कांग्रेसलाइ गठबन्धनले साथ दिएपनि आफ्नै कार्यकर्ताहरूको साथ नपाउदा कांग्रेसका नेता गच्छदारले नमिठो पराजय भोग्नुपरेको छ ।यो संगै ४८ साल देखि निरन्तर चुनाव जितेर सत्तामा पुग्ने उनको चाहनामा ब्रेक लागेको छ ।यती मात्र नभइ नेपाली कांग्रेसको अधिवेशन चलिरहदा उनले गरेको नांगो हस्तक्षेपको बदला यो चुनावमा कार्यकर्ताहरूले उनैलाइ हराएर मिठो बदला लिएका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments