
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
- चैत्र २१, २०८१ मा प्रकाशित

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।
आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २६ करोड ६३ लाख, अम्लिसो रु ७६ करोड ९७ लाख, बन्दा रु आठ करोड १७ लाख, जडीबुटी रु चार करोड २६ लाख, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु दुई अर्ब ४० करोड ४६ लाख २२ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।
आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १३ करोड १७ लाख १२ हजार, चामल रु चार करोड ९७ लाख, ताजा तरकारी रु २८ करोड ८७ लाख मूल्य बराबरको आयात भएको छ । यसैगरी ताजा फलफूल रु २६ करोड ३७ लाख, लसुन रु ६२ करोड ४६ लाख, आलु रु २८ करोड ९१ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments