
कस्ताे अवस्थामा छ सप्तकोसी ? बिहानैदेखि उद्धारमा सुरक्षाकर्मी ,पानीको बहाव थोरै घट्यो
- श्रावण १९, २०७९ मा प्रकाशित
इटहरी । सप्तकोसीमा आएको बाढीबाट प्रभावितहरूकाे उद्धार कार्य जारी छ।उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार बिहीबार बिहानैबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा जुटेको हो। यद्यपी धान, मकै लगायतका खेतीबाली र अन्य धनजनको भने क्षती भएको प्रजिअ यादवले जानकारी दिए। ‘उद्धारका लागि अहिले पनि सुरक्षा निकाय सबै लागिरहेको छ,’ प्रजिअ यादवले भने, ‘पानीको बहाव अलि कम भएको छ’ ।
अहिलेसम्म मानवीय क्षती नभएको र हुन नदिनका लागि सुरक्षा निकायहरु सक्रिय रहेको उनले बताए। उद्धार गरिएका नागरिकहरुलाई आफन्त, सामुदायिक विद्यालय र सार्वजनिक भवनमा राखिएको उनले जानकारी दिए।
बुधबार बिहान ३ बजेदेखि सप्तकोसीको नदी उदयपुरको बेलका नगरपालिका वडा नम्बर–८ बाट पश्चिमतर्फ पसेको थियो। नदीले धार परिवर्तन गरेर बस्तीमा पसेपछि नागरिकको उद्धारका लागि गोताखोर समेत प्रयोग गरिएको थियो।बेलकाका वडा नम्बर १, २, ३, ८ र ९ अनि वराहक्षेत्रका वडा ९ र ६ का हजारौं बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments