
कराेडाै रकम नपाएपछि प्रदेश १ का तीन ठूला अस्पतालले बन्द गर्याे स्वास्थ्य बिमा कार्यक्रम
- श्रावण २, २०७९ मा प्रकाशित
इटहरी । स्वास्थ्य बिमामार्फत बिरामीको उपचार गरेवापत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले स्वास्थ्य बिमासँग सम्बन्धित उपचार सेवा बन्द गरेका छन् ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलेज र झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पतालले एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन् । तीनवटै अस्पतालले बिमा कार्यक्रम बन्द गर्ने भन्दै आइतबार सूचना जारी गरेका छन् ।
अचानक सेवा बन्द गरेपछि उपचारमा आउने हजारौं विरामी समस्यामा परेका छन् । दुई साता अघि अस्पतालका सञ्चालकहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार नोबेलले ५५ करोड, विराटले ४६ करोड र वि एण्ड सीले ४४ करोड रुपैंया पाउन बाँकी छ । सरकारले ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको, भुक्तानीका लागि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि विमा सेवा बन्द गरिएको ती अस्पतालले जनाएका छन् ।
स्वास्थ्य विमा बोर्डले बक्यौता रकम भुक्तानी गर्नासाथ सेवा निरन्तर हुने जनाइएको छ ।साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य सेवा प्रदायक संस्थामा उपचार गराए मात्र विमा रकम भुक्तानी हुने सरकारको बजेट भाषणमा उल्लेख थियो । यसले गर्दा विमा रकम पाइने नपाइने भन्ने पनि दोधार भएको अस्पताल सञ्चालकहरुले बताएका छन् ।
महिनौंसम्म उपचारको ठूलो रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा असर पुगेको उनीहरुको भनाइ छ । थप औषधी किन्न, स्वास्थ्यकर्मीको तलव भुक्तानी गर्न र अन्य खर्च धान्न मुस्किल परेको सञ्चालकहरुको गुनासो छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments