
कमसल सामग्री प्रयाेग गरेकाे भन्दै बेलबारीमा नगर अस्पताल निर्माणकाे काम राेकियाे
- पुष ५, २०७९ मा प्रकाशित
इटहरी । मोरङको बेलबारी -४ स्थित निर्माणधीन अवस्थाको नगरअस्पताल निर्माणका क्रममा निर्माण सामाग्री कमसल प्रयोग भएको भन्दै जनगुनासो बढेपछि निर्माण कार्य स्थगन भएको छ । १५ शैय्या रहने अस्पतालको भवन निर्माणका क्रममा इन्जिनियरिङ स्टिमेन्ट भन्दा भिन्नै सामान लगाएको र कमसल सामाग्री प्रयोग भएको जनगुनासो बढेसंगै निर्माण कार्य स्थगन गर्नुपरेको बेलवारी नगरकी उपप्रमुख नितु थापा (कोईराला) ले बताउनुभयो ।
उहांले अस्पतालको निरीक्षणका सिलसिलामा ‘एउटा सिमेन्ट प्रयोग गर्ने’ भनेर अर्कै सिमेन्ट प्रयोग गरिएको र म्याद गुज्रिएको सामाग्री प्रयोग गरिएको पाईएपछि निर्माण कार्यमा रोक लगाएको जनाउनु भएको थियो । करिब एक महिना अघि समेत एउटा ईटा भनेर अर्कै ईटा प्रयोग गरेको पाईएपछि नगरप्रमुख दिलप्रसाद राईले निर्माण कार्य रोकेका थिए ।
अस्पतालको नवनिर्मित भवनको निर्माणका क्रममा कमसल सामाग्री प्रयोग गरिएको भन्दै अब अघिदेखि नै स्थानीयले पटक पटक खबरदारी गर्दै आएका हुन । हाल ११ करोड रुपैयाँ बराबरको लागतमा उक्त अस्पतालको भवन निर्माण भैरहेको बेलबारी नगरपालिका प्रशासन प्रमुख महेन्द्र खड्काले बताएका छन् ।
सोहि विषयलाई लिएर नगरपालिकाका ईन्जिनियर बालकृष्ण निरौलाले कमसल सामाग्री प्रयोग भएकोले काम रोकिएको र ओपिसी सिमन्टको ठाँउमा पिएससी सिमेन्ट प्रयोग गरिएपछि सोही सिमेन्ट फिर्ता गरी सम्झौता बमोजिमको सिमेन्ट प्रयोग गर्न ठेकेदार कम्पनी श्रृंखला निर्माण सेवा नुवाकोटलाई निर्देशन दिइएको बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments