
कतार विश्वकप २०२२ : बलियो अर्जेन्टिनालाई साउदी अरेबियाको चुनौती
- मंसिर ६, २०७९ मा प्रकाशित
एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार समूह सीका दुई टोलीहरु अर्जेन्टिना र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदै छ।समूहमा बलियो मानिएको अर्जेन्टिना मंगलबारको खेलमा जित हात पार्दै यो विश्वकपमा सुखद् सुरुवात गर्ने दाउमा छ। लियोनेल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना पछिल्लो ३६ खेलमा अपराजित छ।
यद्यपि साउदी अरेबियालाई त्यति हल्कामा लिन नहुने स्कालोनीले बताएका छन्। उनले साउदी अरेबियासँगको खेल त्यति सजिलो नहुने बताएका छन्। उनले साउदी अरेबियामा प्राविधिक रुपमा बलियो र तीव्र गतिका खेलाडीसहितको टोली भएको बताएका छन्। कतारको लुसेल इकोनिक स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।
अर्जेन्टिना
अर्जेन्टिना विश्वकपमा सफल टोली हो। दुई पटकको विश्वविजेता अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप उचालेको थियोसन् १९३०, १९९० र २०१४ मा उपविजेतामा सीमित भएको थियो। अर्जेन्टिनाले विश्वकपका ८१ खेलमा ४७ खेलमा जित निकालेको छ।अर्जेन्टिनाले विश्वकपमा अहिलेसम्म ४ पटक सहभागिता जनाएको छैन। अर्जेन्टिनाले सन् १९३८, १९५० र १९५४ र १९७० को विश्वकपमा सहभागी भएको थिएन। तर त्यसपछिका सबै विश्वकपमा अर्जेन्टिना सहभागी भएको छ।
अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उचाल्ने योजनामा छ। सन् २०१९ को कोपा अमेरिका उचालेको अर्जेन्टिनाले दुई वर्षपछि सोही लयलाई निरन्तरता दिँदै विश्वविजेताको छवि बनाउन चाहन्छ।
यो पटकको विश्वकपमा धेरैको आँखा अर्जेन्टिनी स्टार लियोनल मेस्सीमाथि हुनेछ। खेद जीवनको उत्तरार्धमा रहेका मेस्सी विश्वकपको ट्रफी उचाल्न चाहन्छन्। मेस्सी अन्तिम पटक विश्वकप खेल्दै छन्।
मेस्सीलाई पाउल डिबाला, मार्टिनेज र जुलियन अल्भारेजले साथ दिनेछन्। एकपछि अर्का खेलाडी घाइते हुँदा अर्जेन्टिनालाई चोटले सताएको छ।
विश्वकप खेल्न कतार पुगेका निकोलास गोन्जालेज र टुकु कोरेयाले विश्वकप गुमाएका छन्। बलियो आक्रमण टोली भएको अर्जेन्टिनाले विपक्षीको रक्षापंक्ति कसरी तोड्नेछ भनेर हेर्न भने बाँकी नै छ।
अर्जेन्टिनाको टोली
गोलरक्षक : इमिलियानो मार्टिनेज, जिरोनिमो रुली र फ्रान्को अर्मानी
डिफेन्डर : नहुएल मोलिना, गोन्जालो मोन्टिएल, जर्मन पिजेल्ला, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो, लिसान्ड्रो मार्टिनेज, निकोलस ताग्लिफेको, मार्कोस अकुना, जुआन फोयथ
मिडफिल्डर : गुइडो रोड्रिगेज , रोड्रिगो डे पाउल , एक्स क्युवेल पालासिओस , एलेक्सिस म्याक एलिस्टर , एन्जो फर्नान्डेज , अलेजान्ड्रो गोमेज , लिआन्ड्रो परेडेस
फरवार्ड : लिओनेल मेस्सी , एन्जिल कोरिया, लाउटारो मार्टिनेज , पाउलो डिबाला, जुलियन अल्भारेज, थियागो अल्माडा , एन्जेल डि मारिया
साउदी अरेबिया

विश्वकप इतिहासमा साउदी अरेबियाले पाँच पटक सहभागिता जनाएको छ। साउदी अरेबियाले सन् १९९४, १९९८, २००२, २००६ र २०१८ मा सहभागिता जनाएको थियो।
सन् २०१० र २०१४ मा सहभागी नभएको साउदी अरेबियाले २०१८ मा पहिलो चरणमा सीमित भएको थियो। विश्वकपमा कमजोर टोलीको छवि बनाएको साउदी अरेबिया विश्वकपमा १६ खेलमा ३ खेलमा मात्र जित निकालेको छ। जसमा ११ गोल गरेको छ।
साउदी अरेबियाका मिडफिल्डर सलमान अल फराज मुख्य खेलाडी हुन्। मैत्रीपूर्ण खेलमा चोट बोकेका अल हिलालका मिडफिल्डर सलमान अल–फराजलाई टोलीमा राख्दै साउदी अरेबियाका मुख्य प्रशिक्षक हर्भ रेनार्डले विश्वकपका लागि टोलीको घोषणा गरेका छन्।
समूह ‘सी’मा रहेको साउदी अरेबियाले बलियो टोली अर्जेन्टिना, मेक्सिको र पोल्याण्डसँग खेल्नेछ।
साउदी अरेबियाको टोली
गोलकिपर : मोहम्मद अल–ओवैस, नवाफ अल–अकिदी, मोहम्मद अल–यामी
डिफेन्डर : यासेर अल–शहरानी, अली अल–बुलैही, अब्दुल्लाह अल–अम्री, अब्दुल्लाह मदु, हसन ताम्बक्ति, सुल्तान अल–घनम, मोहम्मद अल–ब्रेक, साउद अब्दुलहामिद
मिडफिल्डर : सलमान अल–फराज, रियाद शाराहिली, अली अल–हसन, मोहम्मद कन्नो, अब्दुलाह अल–मल्की, सामी अल–नजेई, अब्दुल्ला ओतायफ–अल, नासेर अल–दौसारी, अब्दुलरहमान अल–अबौद, सलेम अल, हत्तन बाहेब्री
फरवार्ड : फहाद अल–मुवाल्लाद, हैथम असिरी, सालेह अल–शेहरी, फिरास अल–बुराइकन
हेड टु हेड
अर्जेन्टिना र साउदी अरेबिया अहिलेसम्म विश्वकपमा भेटिएका छैनन्। यद्यपि साउदी अरेबिया र अर्जेन्टिनाले एकापसमा चारपटक भिडेका छन्। जसमध्ये दुई खेलमा अर्जेन्टिनाले जित हात पारेको छ भने दुई खेल बराबरीमा सकिएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments