
कतार विश्वकप २०२२ : जित्नैपर्ने दबाबमा अर्जेन्टिना
- मंसिर १०, २०७९ मा प्रकाशित
एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले शनिबार मध्यराति मेक्सिकोको सामना गर्दै छ।समूहको पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनालाई माथिल्लो चरणमा प्रवेशका लागि शनिबार हुने खेल जित्नैपर्ने दबाब छ। शनिबार मध्यराति पौने १२ बजे कतारको लुसेल स्टेडियममा अर्जेन्टिना र मेक्सिको आमनेसामने हुँदै छन्।
शनिबारको खेलमा बराबरी मात्र भए अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई हराएर मात्र पुग्दैन, अन्य टोलीको नतिजामा पनि निर्भर हुनुपर्ने हुन्छ। शनिबारको खेलमा हारको सामना गरेको अवस्थामा भने अर्जेन्टिना यो विश्वकपबाट बाहिरिनेछ।
शनिबारको खेलअघि अजेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले खेलाडीहरुलाई डिएगो म्याराडोनाको स्मृतिलाई सम्मान गर्न आग्रह गरेका छन्। म्याराडोनाको दोस्रो स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन्। म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए।
शनिबारको खेलमा जित हात पार्न नसकेको खण्डमा अर्जेन्टिनाको माथिल्लो चरणको सम्भावना निकै कमजोर बन्नेछ। ‘भोली हामी म्याराडोनाको लागि खुसी ल्याउने आशा गर्नेछौं। उनले हामीलाई आकाशबाट हेरिरहेका हुनेछन्। हाम्रो लागि यो सबैभन्दा महत्वपूर्ण कुरा हो’, स्कालोनीले भने।
‘जहिले पनि उनको बारेमा सोच्दा उनी हामीसँग छैनन् भन्ने पत्याउन मुस्किल हुन्छ’, उनले भने। स्कालोनीले आफूहरु हारबाट उठेर अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन्। उनले समूहमा आफूहरु जोखिममा परिसकेकाले अब हारलाई बिर्सेर अघि बढ्नुपर्ने जरुरी रहेको पनि उल्लेख गरे।
उनले दोस्रो खेल पनि पहिलो खेलजस्तै हुन सक्ने कुरामा आफूहरु विशेष सतर्क रहनुपर्ने बताए। उनले आफूहरुलाई जितको कुनै विकल्प नरहेको पनि स्वीकार गरे। उनी आफूहरु कुनै पनि परिस्थितिमा अहिलेको अवस्था उल्ट्याउन तयार रहेको दाबीसमेत गरे।
मेक्सिकोका प्रशिक्षक गेरार्डो मार्टिनो भने शनिबारको खेलमा मेक्सिकोले जित हात पार्ने दाबी गर्छन्। उनी शनिबारको खेलमा जित हात पार्दै आफ्नो अन्तिम १६ को यात्रा सहज बनाउने योजनामा आफूहरु रहेको बताउँछन्।
उनले दुवै टोलीको लागि शनिबारको खेल महत्वपूर्ण भए पनि आफूहरु जितको लागि मैदानमा उत्रिने बताए। उनले पहिलो खेलमा पोल्याण्डसँग जित हात पार्नुपर्नेमा आफ्नो टोली चुकेको स्वीकार गरे। त्यसैले पनि शनिबारको खेलमा जितको हात पार्नुपर्ने दबाब आफूहरुसँग रहेको उनको भनाइ छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments