
कतार विश्वकप २०२२ : आज इंग्ल्याण्ड र इरानबीच प्रतिस्पर्धा हुँदै, को बलियो?
- मंसिर ५, २०७९ मा प्रकाशित
फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार इंग्ल्याण्ड र इरानबीच प्रतिस्पर्धा हुँदै छ। समूह बीमा रहेका यी दुई टोलीबीच नेपाली समयअनुसार बेलुका पौने ७ बजे कतारको खलिफा इन्टरनेशनल स्टेडियममा उक्त खेल सुरु हुनेछ। इरान फिफाको २१ औं वरीयतामा हेको टोली हो। यो टोली पूर्ण आत्मविश्वासका साथ सोमबार मैदानमा उत्रिनेछ। यी दुवै टोली जितबाट विश्वकपको सुरुवात गर्न चाहन्छन्।
इंग्ल्यान्ड
यो टोली सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। त्यसयता सन् २०२० मा युरोकपको फाइनलसम्म नै पुग्न सफल रह्यो। फाइनलमा इटलीसँग पेनाल्टीमा हार्नुपरेको थियो।त्यसकारण यसपटक इंग्ल्यान्डले आफूलाई अब्बल साबित गर्न भरमग्दुर प्रयास गर्ने निश्चित छ। यसै पनि सन् १९६६ यता इंग्ल्यान्डले कुनै महत्वपूर्ण ट्रफी उचालेको छैन।
यसका प्रशिक्षक ग्यारेथ साउथगेटसँग धेरै युवा र अनुभवी खेलाडी छन्। इंग्ल्यान्डका मुख्य खेलाडीमा ह्यारी केन ९टोटनह्याम०, डिक्लान राइस (वेस्ट ह्याम) र रहिम स्टर्लिङ जस्ता खेलाडी छन्।
टोली
गोलरक्षक : डिन हेन्डर्सन, निक पोप र आरोन राम्सडेल
डिफेन्डर : ट्रेन्ट अलेजेन्डर आर्नोल्ड, बेन ह्वाइट, कनर कोडी, एरिक डायर, ह्यारी म्यागुइरे, ल्युक श, जोन स्टोन्स, किनर ट्रिपियर, काइल वाकर
मिडफिल्डर : ज्युड बेलिंगम, म्यासोन माउन्ट, काल्भिन फिलिप्स, डिक्लान राइस, जोर्डन हेन्डरसन, कनर ग्यालेगर, जेम्स म्याडिसन
फरवार्ड : फिल फोडेन, ज्याक ग्रिलिस, ह्यारी केन, बुकायो साका, रहिम स्टर्लिङ, क्यालुम विल्सन, मार्कस राशफोर्ड
इरान
इरान एसियाबाट लगातार तेस्रोपटक विश्वकपमा छनोट भएको हो। उसले यो विश्वकपका लागि आठवटा जित र एउटामात्र हार व्यहोरेको थियो। सोसँगै समूहको टपमा रहँदै दक्षिण कोरियासँगै छनोट भएको थियो।
पोर्टोका फरवार्ड मेह्दी तारेमी, फिएनोर्डका अलिरेजा जहान्बाख्स र बायर लेभरकुसेनका सर्दार अजमाउनले इरानलाई बलियो आक्रमण युनिट दिएको छ। तर प्रशिक्षणलाई लिएर सबैको ध्यान तानेको छ। यसका प्रशिक्षक पोर्चुगलका कार्लोस क्युरियोज छन्। उनैले सन् २०१४ र १८ मा विश्वकप पुर्याएका थिए।
टोली
गोलकिपरः अलिरेजा बेइरानभान्ड, अमिर अबेदजादेह, सेयद होसेन होसेनी, पायम नियाजमान्ड
डिफेन्डर : एहसान हजसाफी, मोर्तेजा पौरालिगन्जी, रामिन रेजाएन, मिलाद मोहम्मदी, होसेन कानानिजादेगन, शोजाए खलिलजादेह, सादेघ मोहर्राबेह, सादेघ मोहर्राबे, चेश्मी, माजिद होसेनी, अबोलफजल जलाली
मिडफिल्डरः अहमद नुरोल्लाही, समन घोड्डोस, वाहिद अमिरी, सईद इजातोलाही, अलिरेजा जहानबख्श, मेहदी तोराबी, अली घोलिजादेह, अली घोलिजादेह
फरवार्डः करिम अन्सारिफार्ड, सरदार अजमोन, मेहदी तारेमी
हेड टु हेड
इंग्ल्याण्ड र इरान यति ठूलो स्टेजमा पहिलोपटक भिड्न लागेका हुन्।
उनीहरुले अहिलेसम्म एकअर्काविरुद्ध खेलेका छैनन्। पछिल्ला खेलमा गरेको प्रदर्शन हेर्ने हो भने इरान केही बलियो देखिन्छ। उसले पछिल्ला पाँच खेलमध्ये दुई खेलमा जित हात पारेको छ।
जसमा उसले उरुग्वे र निकारागुआजस्ता मुलुकलाई हराएको छ। इंग्ल्याण्डले भने पछिल्ला ६ खेलमा कुनै पनि जित हात पार्न सकेको छैन।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments