
कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई–पासपोर्ट पाउने
- माघ २४, २०७८ मा प्रकाशित
काठमाडौं: कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सफलतापूर्वक छापिएको छ । आइतबार यसको सफल परिक्षण गरिएको हो ।
विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई–पासपोर्ट भएको राहदानी विभागले जनाएको छ ।
सफल परिक्षण भएसँगै ई–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ । ‘सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्य खाडी मुलुक र मलेशियामा रहेको नेपाली नियोगहरुमा ई–पासपोर्टको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले बताएको छ । उक्त सामानहरु जडान हुनासाथ ती दूतावासबाट केही दिन भित्रै ई–पासपोर्ट सेवा शुरु गरिनेछ ।
विभागका अनुसार अहिले अन्य मुलुकहरुमा रहेका नेपाली नियोगहरुमा पनि उपकरणहरू पठाउने कार्य भइ रहेको छ ।
नेपाल भित्र ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइ सकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments