
कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन : विपिनको रिहाइका लागि मागिन् सहयोग
- माघ १, २०८१ मा प्रकाशित

इटहरी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग टेलिफोन वार्ता गरेकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकी थिइन्।
कतारले विपिन जोशीको रिहाइको विषयलाई वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको छ ।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजिज अल खुलाइफीसँग आज गरेको टेलिफोन वार्ताको क्रममा खुलाइफीले कतारले जोशीको रिहाइको विषयलाई आफ्नो वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालसँगको सम्बन्धलाई उच्च मूल्यांकन गरेको बताउँदै खुलाइफीले युद्धविरामका लागि वार्ता चलिरहेको र युद्धविराम हुनेमा पनि विश्वास व्यक्त गरे । आज बिहान टेलिफोन वार्तामा नेपाली आप्रवासी कामदारलाई विशेष ध्यान दिँदै नेपाल–कतार सम्बन्धका विषयमा छलफल भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments