
कटारीकाे तिल्केचौरवासिलाइ ज्यान जाेगाउनै धाै धाै : पानी परेर जमिन भासिन थालेपछि भागाभाग
- असार २१, २०७९ मा प्रकाशित
उदयपुर । कटारी नगरपालिका– १० सोरुङ्ग तिल्केचौरका स्थानीय अस्थायी टहरामा वस्न थालेका छन् । जमिन नै भासिएर पहिरोको उच्च जोखिममा रहेका तिल्केवासी वर्षा सुरु भएपछि ज्यान जोगाउन अस्थायी टहरामा बस्न थालेका हुन् ।
त्यहाँ १७ घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । १७ घरमध्ये ११ घरपरिवार टहरामा र अन्य सदस्य आफन्तका जाने गरेका छन् ।‘पानी परेपछि टहरामा बस्नुहुन्छ ’वडाध्यक्ष खड्काले भने । बस्तीभन्दा ५ सय मिटरमाथि अस्थायी टहरा निर्माण गरिएको छ ।
कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा प्राप्त सामाग्रीबाट स्थानीय आफैले सुरक्षित स्थानमा टहरा निर्माण गरेको वडाध्यक्ष खड्काले बताए । स्थानीयका अनुसार गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परेकाले जतिबेला पनि पहिरो जाने खतरा छ ।
आईतबारदेखि गाउँलेहरू पानी नपर्दा गाउँघरमा रहे पनि पानी परेपिछ टहरामा बस्ने गरेका छन् । गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान खतरामा रहेको तिल्केवासी बताउँछन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments