
कटहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र एमाले विजयी
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेका सीतादेवी राजवंशी निर्वाचित भएका छन् ।
चौधरी ६५६५ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुवासकुमार सरदारले ५६८२ मत ल्याए । उनीहरुबीच ८८३ को अन्तर रह्यो ।
यस्तै उपाध्यक्षकी उम्मेदवार राजवंशी ५८४८ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी मन्जिताकुमारी सरदारले ५७०५ मत प्राप्त गरिन् ।
यस्तै गाउँपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दिएका अन्य दलका उम्मेदवारहरुमध्ये माओबादी केन्द्रका किशोरकुमार पाण्डेले ३५३७, जसपाका मृत्यूञ्जयकुमार झाले ११८२, राप्रपाका ओमप्रकाश वैश्वले ६९०, लोसपाका विनोदकुमार मण्डलले १०७, जनमत पार्टीका संजयकुमार यादवले ७७, विवेकशील साझा पार्टीका राजाबाबु ठाकुरले ३० र स्वतन्त्र उम्मेदवार सोहनप्रसाद भगतले १४ मत पाए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments