
कटहरी कृषि बजारमा १५ टन क्षमताको कोल्ड स्टोर
- भाद्र २५, २०८१ मा प्रकाशित

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर संचालनमा आएको छ ।
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रमका बीच सोमबार उद्घाटन गरी कोल्ड स्टोरको औपचारिक सुरुवात गरेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४०९ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निमार्ण गरी संचालनमा आएको हो । कोल्ड स्टोर निमार्णको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहोर्ने सहमति छ । जस अनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ खर्च व्यहोरेको छ ।
कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर जाने बाध्यता अब अन्त्य भएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन् । कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएको छ । कृषकले उत्पादन गरेको कृषि उपज खेर जाँदैन । भण्डारणको उचित व्यवस्थापन भएको छ,’ अध्यक्ष चौधरीले भने, ‘निमार्ण सुरू भएको दुई महिनापछि संचालनमा ल्याउन सफल भएका छौं ।’
परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषि जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८०० हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएको छ । उक्त जोनबाट उत्पादन भएको वस्तु सुरक्षित भण्डारण गर्न निर्माण हुने कोल्ड स्टोरका लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो ।
कटहरीको फलफूल तथा तरकारी थोक बजार परिसरमा कोल्डस्टोर स्थापना गर्नु उपयुक्त हुने निश्कर्षसहित त्रिपक्षीय सम्झौता भई निर्माण गरिएको इकाइ प्रमुख मनोजकुमार यादवले बताए । कुल १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरमा तीन वटा चेम्बरहरु छन् । पाँच टन क्षमताको तीन चेम्बर प्रविधिमा आधारित भएर निमार्ण गरिएको छ । उक्त कोल्ड स्टोर कृषक र व्यवसायिक प्रयोजनको लागि प्रयोगमा ल्याइने छ । ‘कृषकहरूले कृषीजन्य उत्पादन एक हप्तासम्म भण्डारण गरिएको शुल्क लाग्ने छैन । त्यसपछि उचित शुल्क लाग्नेछ । अन्य उत्पादक उद्यमी व्यवसायीहरुको सामाग्रीहरु भण्डारण गर्दा नियमानुसार शुल्क लिई सेवा दिइनेछ,’ इकाइ प्रमुख यादवले भने, ‘कोल्ड स्टोर निमार्ण भएपछि कार्यविधि बनाएर सुचारु हुनेछ । ’
कृषक र व्यवसायिक प्रयोजनको लागि कोल्ड स्टोरको माग बढदै गएमा थप विस्तार गरिने उनले बताए । ‘माग वृद्धि हुँदै गए आगामी आर्थिक वर्षहरूमा भण्डारण क्षमता वृद्धि गर्दै जाने योजना रहेको छ,’ उनले भने ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments