
ओटीटीमा ‘अन्तिमः द फाइनल ट्रुथ’को रेकर्ड
- माघ २२, २०७८ मा प्रकाशित
काठमाडौं: बलिउड अभिनेता सलमान खान र आयुष शर्मा एकसाथ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’मा देखिएका थिए । यो फिल्म गतवर्षको २६ नोभेम्बरमा थिएटरमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाए पनि कलेक्सन भने औषत थियो । थिएटरमा रिलिजको करिब एक महिनापछि २४ डिसेम्बरमा यसलाई ओटीटी प्लेटफर्म जी५मा स्ट्रिम गरियो । फिल्मले ओटीटी प्लेटर्फममा पनि उत्तिकै राम्रो प्रतिक्रिया पाएको छ ।
फिल्मले ओटीटीमा नयाँ रेकर्ड बनाएको छ । यो फिल्म जी५मा बिना रोकावट र विना कुनै ग्याप लगातार ३७ करोड मिनेटसम्म स्ट्रिम भएको छ । यो आफैंमा एक दमदार रेकर्ड हो । पछिल्लो केही समययता ओटीटीमा रिलिज भएका फिल्मले यस्तो रेकर्ड बनाएका थिएनन् ।
अक्षय कुमार, सारा अली खान र धनुषको फिल्म ‘अतरंगी रे’ले पनि पहिलो दिन डिज्नी प्लस हटस्टारमा सबैभन्दा बढी स्ट्रिम हुने रेकर्ड बनाएको थियो । तर, यो रिलिजको २४ घण्टाको रेकर्ड थियो ।
यसैगरी कार्तिक आर्यनको ‘धमाका’लाई नेटप्mिलक्समा स्ट्रिम गरिएको थियो । दर्शकले यो फिल्मलाई निकै मन पराएका थिए । तर, कसैले पनि सलमानको फिल्म जस्तो रेकर्ड कायम गर्न सकेनन् ।
फिल्म ‘अन्तिम’मा अभिनेता महेश माञ्जरेकरको निर्देशन छ । यो फिल्म सन् २०१८ मा रिलिज मराठी फिल्म ‘मुल्सी पेटर्न’को रिमेक हो । यसमा किसानको छोरालाई ग्याङस्टार बनेको देखाइएको छ । फिल्ममा सलमानले इमानदार प्रहरी र आयुषले ग्याङस्टारको भूमिका निर्वाह गरेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments