
ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुईजना प्रहरी कर्मचारीको मृत्यु, सातजना घाइते
- चैत्र ३०, २०७८ मा प्रकाशित
ओखलढुङ्गा: ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरमा प्रहरी कर्मचारी सवार बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा सातजना प्रहरी घाइते भएका छन् ।
सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बा १७ च १०९४ नम्बरको बोलेरो आज बिहान ९ बजे भिरबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।
दुर्घटनामा परी प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार भूपेन्द्र खनाल, प्रहरी जवान रूपन विष्ट र चालक लीलाप्रसाद खनाल घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारको लागि काठमाण्डौको नेपाल प्रहरी अस्पताल ल्याईएको छ भने अन्यको ओखलढुङ्गाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments